जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सन्राइज बैंकद्वारा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई लागि आर्थिक सहयोग

सन्राइज बैंकद्वारा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई लागि आर्थिक सहयोग

सन्राइज बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभाग बिच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकले केन्द्रीय व्यवस्थापन विभाग, त्रिभुवन विश्वविद्यालय एम.वि.एसमा स्नातकोत्तरका ८ जना विपन्न र जेहेनदार विद्यार्थीहरुलाई आफ्नो अध्ययनको क्रममा थेसिस प्रयोजनको लागि चाहिने आर्थिक सहयोग गर्ने भएको छ । देशै भरिका विद्यार्थीहरु आएर अध्ययन गर्ने यस विश्वविद्यालयमा विभिन्न संकायमा १९५९ सालदेखि अध्ययन अध्यापन हुँदै आएको छ । यस सहयोगले गुणस्तरीय थेसिस लेख्न विद्यार्थीहरुलाई प्रोत्साहन मिल्ने केन्द्रीय व्यवस्थापन विभागका प्रमुख प्रा.भवानी शंकर आचार्यले बताउनु भयो ।

एक कार्यक्रममा त्रि.वि.वि को परिसरमा बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय व्यवस्थापन विभागका विभागीय प्रमुख प्रा.भवानी शंकर आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । सो हस्ताक्षर कार्यक्रममा बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपाल लगायत त्रि.वि.वि का अन्य उच्च पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

1255
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका