जोडिनुहोस
बुधबार, साउन ६, २०८३
बुधबार, साउन ६, २०८३
  • होमपेज
  • एफएनसीसीआई बैठक: विशिष्ट सदस्यमा पशुपति मुरारका नियुक्त, प्रधान पनि तानिए

एफएनसीसीआई बैठक: विशिष्ट सदस्यमा पशुपति मुरारका नियुक्त, प्रधान पनि तानिए

नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित कार्य समितिले पशुपति मुरारकालाई विशिष्ट सदस्यमा नियुक्त गरेको छ।

वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्षमा पदस्थापन भएपछि शेखर गोल्छाको अध्यक्षतामा बसेको बैठकले मुरारकालाई विशिष्ट सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो। मुरारका महासंघका पूर्व अध्यक्ष हुन्।

यसअघि विशिष्ट सदस्यमा चण्डिराज ढकाल नियुक्त भएका थिए। उनलाई निवर्तमान अध्यक्ष भवानी राणाले विशिष्टमा ल्याएकी थिइन्।

सदस्यमा किशोर प्रधानलाई मनोनित गरिएको छ। उनी वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालसँग पराजित भएका थिए।

अब नयाँ प्रोटोकल अनुसार, अध्यक्ष गोल्छापछि भवानी राणा हुने छिन्। तेस्रोमा मुरारका र चौथोमा वरिष्ठ उपाध्यक्ष ढकाल हुने छन्।

महासंघको कोषाध्यक्षको चयन आज हुँदैछ। डीबी बस्नेत र सुकुन्तलाल हिराचनमध्ये एक जना कोषाध्यक्ष हुने छन्। कोषाध्यक्ष कार्य समिति सदस्यमध्येबाट छान्ने विधानको ब्यवस्था छ ।

5855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका