जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • एकीकृत समाजवादीका ६ जनाको उम्मेदवारी खारेज

एकीकृत समाजवादीका ६ जनाको उम्मेदवारी खारेज

नेकपा (एकीकृत समावादी)का समानुपातिक तर्फका ६ जनाको उम्मेदवारी खारेज भएको छ। प्रतिनिधि सभा तर्फको समानुपातिकको बन्दसूचीमा रहेका ६ जनाले आयोगले तोकेको जरिवाना नबुझाएका कारण उम्मेदवारी नै रद्द भएको हो।

आयोगले स्थानीय तह निर्वाचनमा खर्चको विवरण नबुझाएको भन्दै जरिवाना तोकेको थियो। ओम चरण अमात्य, ताराकुमारी विश्वकर्मा, दिलू बुदुजा, सीताकुमारी शर्मा, लक्ष्मण चौधरी र जयन्तीकुमारी सारु मगरले जरिवाना नबुझाएका कारण उम्मेवारी खारेको भएको हो। आयोगले जरिवाना रकम तिर्ने समय कात्तिक ५ गतेसम्म तोकेको थियो।

जरिवाना नबुझाएर उम्मेदवारी खारेज हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य उम्मेदवारको संख्या ३६९ जना छ।

3785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?