जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • ग्लोबल आइएमइ बैंकले ५ अर्बको ऋणपत्र निष्काशन गर्ने

ग्लोबल आइएमइ बैंकले ५ अर्बको ऋणपत्र निष्काशन गर्ने

ग्लोबल आइएमइ बैंकले ११.२५ प्रतिशत ब्याज दरको ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले पाँच बर्ष अवधिको ऋणपत्र जारी गर्ने भएको हो।

बैंकले ऋणपत्रका लागि प्रस्ताव गरेको ब्याज दर अहिले मुद्दतिमा दिइरहेकोभन्दा धेरै हो। यसअघि ऋणपत्र जारी गरेकाहरुले ब्याज दर घटाएका थिए। तर बचतकर्तालाई आकर्षित गर्न बैंकले मुद्दतिमा भन्दा बढि ब्याज दिन लागेको हो।

बैंकले माघ २९ देखि फागुन ३ गतेसम्म ऋणपत्र जारी गर्ने छ। बैंकले कुल ५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न लागेको हो।

१००० रुपैयाँ अंकित दरका ऋणपत्रमा कम्तिमा २५  र अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिन्छ। सर्वसाधारण नेपालीलाई बैंकले कुल १९ लाख ३० हजार कित्ता छुट्याएको छ। यसबहेक बैंकले सामूहिक लगानी कोषलाई ७० हजार कित्ता बिक्री गरिसकेको छ।

बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र ब्यक्तिगत तवरबाट बिक्री गर्ने छ।

4005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका