जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एनएलजी इन्स्योरेन्सको साधारणसभा सम्पन्न, १० प्रतिशत बोनस शेयर पारित

एनएलजी इन्स्योरेन्सको साधारणसभा सम्पन्न, १० प्रतिशत बोनस शेयर पारित

एनएलजी इन्स्योरेन्स कम्पनीले बिहीबार १५ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले १० प्रतिशत बोनस शेयरको प्रस्ताव पारित गरेको छ । भर्चुअल माध्यमबाट सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण प्रतिवेदन सहितको लेखापरिक्षण गरिएको २०७७ साल असार मसान्तसम्मको वासलात पनि पारित गरेको छ ।

कम्पनीका अध्यक्ष विमल प्रसाद वाग्लेले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित मुनाफाबाट हाल कायम भएको चुक्ता पूँजी एक अर्ब ९ करोड रुफैयाँको १० प्रतिशतका दरले हुन आउने दश करोड ९६ लाख रुपैयाँ बोनस शेयर वितरण गर्ने र सोमा लाग्ने कर प्रयोजनका लागि आवस्यक ५७ लाख ७० हजार रुपैयाँ नगद लाभांस पारितका लागि प्रस्ताव पेश गरेका थिए । उनको प्रस्तावलाई आज सम्पन्न साधारणसभाले पारित गरे सँगै केहि दिनमा शेयरधनीहरुको खातामा पठाइने कम्पनीले जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब ८० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्नुका साथै २६ करोड २६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको अध्यक्ष वाग्लेले जानकारी दिए । कम्पनीको कुल लगानीमा गत आर्थिक वर्षको तुलनामा ९ प्रतिशतले बृद्धि भइ २०७७ साल असार मसान्तमा दुई अर्ब २१ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले कुल कारोबार गत आर्थिक वर्ष २०७५/७६ को तुलनामा ८.०८ प्रतिशतले बृद्धि भई एक अर्ब ९० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको र यसका सबै पोर्टफेलियोमा निरन्तर बृद्धि भैइरहेको अध्यक्ष वाग्लेले शेयरधनीहरुलाई जानकारी गराएका छन् । कम्पनीले आफ्नो कारोबारको पूनर्बीमामा विश्व प्रसिद्ध हेनोभर रीको अगुवाईमा गर्दै आइरहेको र बीमालाई बढि भन्दा बढि ग्राहकहरुसम्म पुर्याउन शाखा विस्तारलाई निरन्तरता दिँदै आइरहेको छ । कम्पनीले संस्थागत नागरिकको हैसियतले विभिन्न सामाजिक कार्यहरुका लागि सहयोग गर्दै आइरहेको छ ।

2275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?