जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • दाबी सम्बन्धी कागजात कम्पनीमा पेश गरी दाबी लिन नेको इन्स्योरेन्सको आग्रह

दाबी सम्बन्धी कागजात कम्पनीमा पेश गरी दाबी लिन नेको इन्स्योरेन्सको आग्रह

नेको इन्स्योरेन्स लिमिटेडले बीमा दाबी सम्बन्धी आवश्यक कागजात कम्पनीमा पेश गरी दाबी दिन आग्रह गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै बीमितहरुलाई बीमा दाबी सम्बन्धी आवश्यक कागजात कम्पनीमा पेश गर्न आग्रह गरेको हो ।

यस कम्पनीबाट जारी भएका बीमालेख अन्र्तगत परेका बीमा दाबी सम्बन्धी क्षति मुल्याङ्कनका लागि बुझाउन बाकि आबश्यक कागजातहरु सम्बन्धीत सर्भेयरलाई वा कम्पनीमा अन्तिम दाबी फछ्र्यौटका लागि माग गरेका तर बुझाउन बाँकी भएका बीमा दाबी सम्बन्धी कागजपत्रहरु कम्पनीमा पेश गर्न भनेको हो ।

यस सुचना प्रकाशित भएको आजको मितिले ३५ दिन भित्रमा सम्बन्धित कागजपत्रहरु कार्यालयमा बुझाउन सबै बीमितहरुलाई कम्पनीले अनुरोध गरेको छ । कम्पनीले तोको यस समयमा पनि कागजपत्रहरु उपलब्ध नभएमा उक्त दाबी फाइलहरु बन्द गरिने कम्पनीले भनेको छ ।

 

3180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?