जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सिभिल बैंकका कर्मचारीले गरे पेन डाउन

सिभिल बैंकका कर्मचारीले गरे पेन डाउन

हिमालयन बैंकसँगको मर्जरको क्रममा कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै सिभिल बैंकका कर्मचारीहरुले आन्दोलन सुरू गरेका छन् ।

सिभिल बैंकका कर्मचारी युनियनका अध्यक्ष सत्यन्द्र निरौलाले एक तह घटुवा हुने गरी कर्मचारी समायोजन गर्न लागिएको विरोधमा आज बिहान १० बजेदेखि २ घण्टाका लागि देशभरका शाखा कार्यालयमा पेन डाउन सुरू गरेको बताए । कर्मचारी समायोजनमा व्यवस्थापनसँग छलफल भइरहेको र उनीहरूलाई दबाब बढाउन पेन डाउन गरेको उनले बताए ।

हिमालयन र सिभिल बैंकबीच मर्जरको प्रारम्भिक सम्झौता गत असारमा र अन्तिम मर्जर सम्झौता गत पुसमा भएको थियो । तर एकीकृत कारोबार फागुनबाट सुरु गर्ने तयारी छ । अहिले सफ्टवेयर मिलान, कर्मचारी समायोजन लगायतका काम भइरहेको छ ।

सिभिल बैंकका अर्का एक उच्च तहका कर्मचारीले हिमालयन बैंकका सीईओ अशोक शमशेर राणा पिता हिमालय शमशेरको निधनको शोकमा रहेकाले कर्मचारीको असन्तुष्टिको विषयमा छलफल गर्न समस्या भएको बताउँछन् ।

यस्तो छ कर्मचारीको असन्तुष्टिको कारण

सिभिल बैंकमा सुपरभाइजर भन्ने तह छ । हिमालयन बैंकमा सुपरभाइजर भन्ने तह खारेज भइसकेको छ । मर्जरपछि अहिलेको सिभिल बैंकका सुपरभाइजर तहका कर्मचारी पनि सिनियर असिस्टेन्ट हुने भए । यसले बैंकमा नै काम गर्छु भन्ने कर्मचारीलाई समस्या पर्दैन । तर, अन्य बैंकमा अवसर आउँदा भने उसलाई समस्या हुन्छ ।

सिभिलमा सुपरभाइजर भएर काम गरिसकेको कर्मचारी अन्य बैंकमा जाँदा जुनियर अफिसर भएर जानुपर्ने हुनसक्छ । तर, कर्मचारी समायोजनमा सिनियर असिस्टेन्ट पछि अन्य बैंकमा जाने फेरि सुपरभाइजर हुन्छ ।

1670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका