जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित

अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित

अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित भएको छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले महाप्रबन्धक ठाकुरलाई गैरकानुनी लाभ लिने काम गरेको पाइएपछि निलम्बन गरेको जनाएको छ ।

ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रब्य सामग्री प्राप्त भएको छ । यसबारे जाँचबुझ गर्ने सिलसिलामा पदबाट निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई लेखी पठाइएको छ । यसबारे थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइने मन्त्रालयले जनाएको छ ।

1395
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका