
कृषि विकास बैंकका नवनियुक्त सिइओमा गोविन्द गुरुङले कार्यभार सम्हालेका छन् । आइतबार सार्वजनिक बिदा परेको कारण सोमबार नियुक्तिपत्र बुझेर कार्यभार सम्हालेका हुन् ।
कृषि विकास बैंक लि. बैंक संचालक समितिबाट प्रमुख कार्यकारी अधिकृत नियूक्तिका लागि सिफारीस गर्न गठित उपसमितिको सिफारिसका आधारमा बैंक संचालक समितिले गोविन्द गुरुङलाई ४ वर्ष कार्य अवधीका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियूक्ति गरेको हो । नवनियूक्त प्रमुख कार्यकारी अधिकृत विगतमा सिभिल बैंक लि र सिटिजन बैंक म्यानमारमा प्रमुख कार्यकारी अधिकृत पदमा समेत कार्यरत रहि सक्नु भएका निज गुरुङसंग बैकिङ्ग क्षेत्रको लामो अनुभव रहेको छ ।
कार्यन्वयनमा रहेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन,२०७३ अनुसार नवनियूक्त बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बैंक संचालक समितिका अध्यक्ष समक्ष सपथ ग्रहण गराउनु पर्ने प्रावधान अनुसार संचालक समिति बैठकका अध्यक्ष सुमन दाहालले प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलाई सपथ ग्रहण गराए ।
उक्त अवसरमा संचालक समितिका सदस्यहरु क्रमशः डा.राजेन्द्र प्रसाद मिश्र, संजिव पौडेल, हरिप्रसाद पराजुली, बिनोद कुमार गँुरागाई बैंकका उप–महाप्रबन्धकहरु क्रमशः प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने, दिर्घ बहादुर अर्याल, बाबुकाजी थापा, प्रेम कुमार श्रेष्ठ, मुख्य निर्देशक निर्मलप्रसाद उपाधयाय कम्पनी सचिव तथा प्रबक्ता हिमलाल पौडेल र सचिवालयका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
साथै नवनियूक्त प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकमा हाल कार्यरत उपमहाप्रबन्धकहरु सम्पूर्ण विभागका विभागीय प्रमुखहरु सवैको समउपस्थितीमा कर्मचारी बैठक आवहन गरी बैंकका समग्र गतिविधिका बारेमा जानकारी लिई आगामी दिनमा परिवर्तित बैकिङ्ग बजारलाई बुझेर बैंकलाई अझ बढी शसक्त ढंगले अगाडी बढाउने गरी विभागीय कार्यहरु अगाडी बढाउन निर्देशन दिए ।
कृषि विकास बैंकको सिइओमा २२ जनाले आवेदन दिएका थिए । तीमध्ये ५ जनाको नाम सर्टलिष्ट गरिएको छ । बैंकको सीईओ पदका लागि गुरुङसँगै कृषि विकास बैंकका निमित्त सीईओ प्रताप सुवेदी, कृषि विकास बैंकका कामु नायब महाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, नेपाल एसबिआई बैंकका चिफ रिस्क एण्ड कम्प्लायन्स अफिसर विष्णुदेव यादव र राष्ट्रिय सहकारी बैंकका बैंकका बद्रीकुमार गुरागाईंको नाम सर्ट लिष्ट गरिएको थियो।
विगतमा सिभिल बैंकमा पनि ४ वर्षे कार्यकाल सकिन ३ महिना बाँकी रहँदै उनले पदबाट राजीनामा दिइ म्यानमारको म्यानमार सिटिजन्स बैंकको सिइओ भएर काम गरेका अनुभवी प्रशासक हुन् ।
सन् २०१२ को अक्टोबरमा डेपुटी सीइओका रुपमा सिभिल बैंक प्रवेश गरेका गुरुङ सन् २०१७ को मे महिनामा निमित्त सीइओ भएका थिए । २५ वर्षअघि बैंकिङ करिअर शुरु गरेका गरुङसँग हिमालयन, ग्लोबल र मेगा बैंकमा काम गरेको अनुभव छ । गुरुङ संवभत विदेशी बैंकमा सिईओ बनेर काम गर्ने पहिलो नेपाली सीइओ पनि हुन् ।
म्यानमार सिटिजन्स बैंकको सिनियर भाइस प्रेसिडेन्ट नेपाली टेकराज पराजुली हुँदा उनी त्यहाँको सिईओ भएर गएका थिए । गुरुङले त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका छन् ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार






































































