जोडिनुहोस
बिहिबार, बैशाख ११, २०८२
बिहिबार, बैशाख ११, २०८२
  • होमपेज
  • नेपाल एयरलाइन्सको टिकटको भुक्तानी अब आइएमई पेबाट गर्न मिल्ने

नेपाल एयरलाइन्सको टिकटको भुक्तानी अब आइएमई पेबाट गर्न मिल्ने

नेपाल एयरलाइन्सको वेबसाइटबाट टिकट बुक गर्दा आइएमई पेमार्फत भुक्तानी गर्न मिल्ने भएको छ।
जसका लागि नेपाल एयरलाइन्स र आइएमई पेबीच सम्झौता भएको छ।

नेपाल एयरलाइन्सको वेबसाइटमा गएर आवश्यकता अनुसारको गन्तव्य र मिति छानोट गर्न सकिन्छ। त्यसमा मागिएको विवरण भरेर चेकआउट गर्ने क्रममा आइएमई पे छनोट गरी सजिलै भुक्तानी गर्न सकिने आइएमई पेले जनाएको छ।

ग्राहकहरुलाई भुक्तानी प्रक्रिया सहज पार्न र विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सम्झौता गरिएको कम्पनीको भनाइ छ।

2410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?