जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ललितपुर प्रहरीलाई डिभाइडर सहयोग

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ललितपुर प्रहरीलाई डिभाइडर सहयोग

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मंगलबार जिल्ला प्रहरी परिसर ललितपुरलाई १२ थान सडक डिभाइडर सहयोग गरेको छ।

कम्पनीले सडक दुर्घटनाको जोखिम न्यूनीकरणका लागि जिल्ला प्रहरी परिसर ललितपुरलाई सडक डिभाइडर सहयोग गरेको छ।

डिभाइडर हस्तानतरण कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख सिद्धिविक्रम शाहले दुर्घटनाको जोखिम न्यूनीकरण गर्न यसले धेरै सहयोग पुग्ने बताए।

कार्यक्रममा कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दिपेशबाबु तिवारीले कम्पनीले बेला बखत गर्ने संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न यस कम्पनीले जिल्ला प्रहरी परिसर ललितपुरलाई सडक डिभाइडर सहयोग गर्न पाउँदा खुसी लागेको बताए। उनले फेरि पनि आउँदा दिनमा आवश्यक परेको खण्डमा सहयोगहरुका लागि निरन्तरता दिने बताए।

‘जीवन बीमा जरुरी छ’ भन्ने मूल नाराका साथ स्थापना भएको कम्पनीले स्थापनाको छोटो समयमा नै नेपाली बीमा बजारमा ५० लाखभन्दा बढी बीमालेखहरु जारी गरी छुट्टै पहिचान राख्न सफल भएको छ।

1470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका