जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एनएमबि बैंकद्धारा ९ वटा सामुदायिक विधालयमा १०० वटा डस्टबीन बितरण

एनएमबि बैंकद्धारा ९ वटा सामुदायिक विधालयमा १०० वटा डस्टबीन बितरण

एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत झापाकोे धुलाबारीमा १०० वटा डस्टबीन वितरण गरेको छ । उक्त सहयोग सो समुदायको विधालयको सरसफाई तथा विधार्थीलाई फोहोर व्यवस्थापनको बानी बसाल्ने उदेश्यका साथ त्यस क्षेत्रका ९ वटा साना तथा ठूला सामुदायिक बिधालयमा वितरण गरिएको हो ।

उक्त कार्यक्रमलाई धुलाबारी खानेपानी उपभोक्त संस्थाले सहजीकरण गरेको थियो । सो कार्यक्रममा बैैकको तर्फबाट एरिया प्रमुख नरेन्द सुवेदी, सिनीयर बिजीनेस म्यानेजर प्रमोद शर्मा र धुलाबारी शाखा प्रबन्धक भरत शर्मा खरेलको उपस्थिती थियो, साथै खानेपानी कार्यलयबाट अध्यक्ष अजय घिमीरे लगायत अन्य पदाधिकारीको समेत उपस्थिीती थियो ।

एनएमबि बैंक विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

1070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका