जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • साइन रेसुंगा बैंकको २० हजार कित्ता संस्थापक सेयर बोलकबोलमा, प्रतिकित्ता न्यूनतम १४५ रुपैयाँ

साइन रेसुंगा बैंकको २० हजार कित्ता संस्थापक सेयर बोलकबोलमा, प्रतिकित्ता न्यूनतम १४५ रुपैयाँ

साइन रेसुंगा डेभलपमेन्ट बैंकले बोलकबोलमार्फत संस्थापक सेयर बिक्री गर्ने भएको छ।

बैंकले संस्थापक समूहको २० हजार कित्ता सेयर बेच्ने भएको हो। बिक्रीका लागि शुक्रबार बोलकबोलमार्फत गोप्य सिलबन्दी बोलपत्र आह्‍वान गरेको छ।

बैंकले उक्त सेयरको न्यूनतम मूल्य प्रति कित्ता १४५ रुपैयाँ तोकेको छ। सेयर खरिदका लागि बोलपत्र पेस गर्ने लगानीकर्ताहरुले उक्त मूल्यभन्दा कम नहुने गरी आवेदन दिनु पर्नेछ।

सेयर खरिदका लागि योग्य तथा इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्।

आवेदन एनआइसी एसिया क्यापिटलको कार्यालयबाट प्राप्त गर्न तथा बुझाउन सकिन्छ। आवेदन भदौ १७ गतेसम्म दिन सकिन्छ। आवेदन न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि पेस गर्न सकिन्छ।

 

4375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका