जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • स्पर्षलाई अक्वायरपश्चात आजदेखि ग्लोवल आइएमई लघुवित्तको नामबाट एकिकृत कारोबार हुँदै

स्पर्षलाई अक्वायरपश्चात आजदेखि ग्लोवल आइएमई लघुवित्तको नामबाट एकिकृत कारोबार हुँदै

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले स्पर्श लघुवित्त वित्तिय संस्थालाई अक्वायर गरेपछि ग्लोबल आइएमई लघुवित्तको नामबाट एकिकृत कारोबार गरिने भएको छ । ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आज (बैशाख ८ गते, बुधबार) देखि एकिकृत कारोबार हुने भएको हो ।

ग्लोबल आइएमई लघुवित्तले स्पर्स लघुवित्तलाई प्राप्त गरी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार शुरु गर्न लागेको हो । गत पुस २९ गते सम्पन्न दुबै लघुवित्तको छुट्टाछुट्टै साधारण सभाले ग्लोबल आइएमई लघुवित्तले स्पर्स लघुवित्तलाई प्राप्त गर्ने प्रस्ताव पारित गरेको थियो । प्राप्तिपश्चात बनेको लघुवित्तको केन्द्रिय कार्यालय गण्डकी प्रदेशको कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं. २६, विजयपुरमा रहेन छ ।

पोखरा महानगरपालिका वडा नं. २६ मा अवस्थित स्पर्श लघुवित्त वित्तीय संस्था र लमजुङको बेसिशहरमा रजिष्टर्ड कार्यालय रही २०७० जेष्ठ १ गते ‘घ’ वर्गको इजाजत पाएको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले एक आपसमा गाभिएका हुन् ।

ग्लोवल आईएमई लघुवित्तको चुत्ता पुँजी २५ करोड ९५ लाख रहेको छ भने स्पर्शको चुत्ता पुँजी ९ करोड ३७ लाख रहेको छ । दुबै संस्था मर्जरपश्चात चुत्तापुँजी ३५ करोड ३२ लाख पुग्ने छ ।

9720
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका