जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • युएईमाथि नेपालको रोमान्चक जित: अंक तालिकाको ५ औ स्थानमा उक्लियो

युएईमाथि नेपालको रोमान्चक जित: अंक तालिकाको ५ औ स्थानमा उक्लियो

आइसिसी विश्वकप लिग–२ अन्तर्गत आज सम्पन्न खेलमा नेपालले युएईमाथि रोमान्चक जित हासिल गरेको छ । आज नेपालले युएईलाई ४२ रनले पराजित गरेको हो । यस सँगै नेपाल अंक तालिकामा ५ औ स्थानमा उक्लिएको छ ।

खेलमा नेपालले पहिले ब्याटिङ गरेर निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २२९ रन जोडेको थियो । नेपालको लागि भिम सार्कीले सर्वाधिक ७० रन बनाएका थिए। उनी खेलको म्यान अफ द म्याच बने । त्यस्तै आरिफ शेखले नट आउट ४३ रन, तथा कुशल मल्लले ३२ रन जोडेका थिए । त्यस्तै सन्दीप लामिछानेले २७ रन बनाएका थिए ।

२३० रनको लक्ष्य लिएर मैदान उत्रेको युएई ४५ ओभरमा अल आउट हुँदै १८७ रन मात्र जोड्न सक्यो । युएईका लागि आसिफ खानले सर्वाधिक ८२ रन, आर्यन लाक्राले रन तथा अरविन्दले १३ रन जोडे । अन्य खेलाडीले भने दोहोरो अंकको रन बनाउन सकेनन् ।

युएईलाई १८७ रन मै अल आउट गर्ने क्रममा दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीले समान ३-३ विकेट लिए । त्यस्तै आरिफ शेख, सन्दीप लामिछाने र करण केसीले समान १-१ विकेट लिए । युएईका एक ब्याट्सम्यान भने रन आउट भएका थिए ।

यस सँगै युएईलाई पछि पार्दै नेपाल प्रतियोगिताको अंक तालिकाको ५ औ स्थानमा उक्लिएको छ । अब नेपालले ४ खेल खेल्न बाँकि छ । ४ खेल नै नेपालमा हुने छ । नेपालले नेपालमा युएईसँग २ खेल र पीएनजीसँग २ खेल खेल्ने छ । नेपालले ४ वटै खेल जित्न सकेमा नेपाल अंक तालिकाको तेस्रो स्थानमा उक्लेर सिधै विश्वकप छनौट खेल्ने सम्भावना बाँकि छ ।

2000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका