जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एक लाख घरमा भूमिगत तारबाट बिजुली बितरण गरिँदै

एक लाख घरमा भूमिगत तारबाट बिजुली बितरण गरिँदै

नेपाल विद्युत प्राधिकरणले राजधानीमा बिजुलीको तारलाई भूमिगत गराई वितरण प्रणाली स्वचालित गर्ने काम तीव्रताका साथ अघि बढाएको छ ।प्राधिकरणले सो कार्यका निम्ति पहिलो चरणको  ठेकेदार छनोट गरेसँगै भारतबाट केवल र पाइप ल्याउने काम भइरहेको महराजगन्ज–रत्नपार्क भूमिगत तार आयोजनाका प्रमुख सुमन श्रेष्ठले बताए । पहिलोपटक भारतबाट २ मिलियन अमेरिकन डलरको तार, केबल र पाइप ल्याउन लागिएको उनले जानकारी दिए ।

बिजुलीको तारलाई भूमिगत गरी वितरण प्रणाली स्वचालित बनाउन मार्च २२ बाट ठेकेदारले काम शुरु गरेको छ । सो काम ३० महिनाभित्र सक्ने गरी कम्पनीलाई ठेक्का दिएको श्रेष्ठले बताए । ३० मिलियन अमेरिकन डलर लागत लाग्ने आँकलन प्राधिकरणले गरेको र उक्त सम्पूर्ण लागत एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोग रहेको छ ।

तारलाई भूमिगत गर्ने क्षेत्रको सर्वेक्षण, डिजाइनिङ फेजमा र जीआरएसको नक्सा काम भएको आयोजना प्रमख श्रेष्ठले बताए । उनले भने–‘नेपाल विद्युत् प्राधिकरणले जमिन मुनीबाट बिजुलीको तार लैजान प्रक्रिया अघि बढिरहेको छ । पहिलो चरणमा रत्नपार्क र महाराजगंज वितरण केन्द्रअन्तर्गतका ग्राहकलाई भूमिगत तारबाट बिजुली पुर्याउनको लागि प्राधिकरण तयारी गरेको हो ।
रत्नपार्क, सिंहदरबार, पुतलीसडक, न्युरोड, जमल, दरबारमार्ग, नक्साल, बालुवाटार, लाजिम्पाट, महाराजगन्ज र चक्रपथ क्षेत्रका एक लाख घरमा भूमिगत तारबाट बिजुली बितरण हुनेछ

प्राधिकरणले सडक नभत्काइ एवम् धुलो नउडाई जमिन मुनी बिजुलीको तार बिच्छ्याउन लागेको हो । एक ठाउँमा खाल्डो खन्ने र त्यहीँबाट भित्रभित्रै १०–१५ मिटरसम्म दायाँ बायाँ तार बिछ्याउन मिल्ने पाइप राख्ने प्रविधि प्रयोग गर्ने प्राधिकरणको योजना छ । बिजुलीको तार भूमिगत गरेपछि पोल बिस्थापित हुनेछन् । बिजुलीको पोल भएरै टाँगिएका टेलिफोन, केबल टीभी र इन्टरनेट सेवा प्रदायक कम्पनीका तारलाई पनि भूमिगत मार्गबाट लैजान मिल्ने आयोजना प्रमुख श्रेष्ठले बताए  ।

बिजुलीको तार भूमिगत बनाउँदा तीन वटा अप्टिकल फाईबर राख्ने पाइप पनि सँगै राखिनेछन् । नेपाल टेलिकमले एउटा अप्टिकल फाइबरको लाइन लिनेछ । अन्य दुइवटा अप्टिकल फाइबर राख्ने पाइप खाली रहनेछन् । त्यहाँबाट इन्टरनेट एबं केबल टिभीका तार लैजान मिल्नेछ ।

6730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका