जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाली क्रिकेट टिमका प्रत्येक खेलाडीलाई २१ हजार दिने एनएमबि बैंकको घोषणा

उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाली क्रिकेट टिमका प्रत्येक खेलाडीलाई २१ हजार दिने एनएमबि बैंकको घोषणा

एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेका नेपाली टिमका १६ जनालाई प्रति खेलाडी २१ हजार रुपैयाँ दिने घोषणा गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले खेलाडीहरु राष्ट्रको गौरव रहेको र उनीहरुको मनोबल उच्च राख्न सकेमा खेलाडी र खेलकुद जगतको प्रगति हुने बताए।

नगद पुरस्कारले खेलाडीहरुलाई अझै उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्ने विश्वास बैंकको छ। विश्व क्रिकेट लिग–२ को कुल ३५ खेलमा १८ वटा जित हात पारेर नेपालले सिरिजको अन्तिम खेल किर्तिपुरमा युएइसँग खेल्दैछ।

आजको खेलमा जित हात पारे नेपाल सिधैं विश्वकप ग्लोबल क्‍वालिफायरमा छनोट हुनेछ।

3450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका