जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • गुडविल फाइनान्सको सबै ऋणपत्र बिक्री

गुडविल फाइनान्सको सबै ऋणपत्र बिक्री

बाणिज्य बैंकहरुलाई ऋणपत्र बिक्री गर्न हम्मेहम्मे परिरहेका बेला ‘ग’ वर्गको गुडविल फाइनान्सले समयभित्रै सबै ऋणपत्र बिक्री गरेको छ।

गुडविल फाइनान्सले फागुन २८ गतेबाट ऋणपत्र जारी गरेको थियो। फाइनान्सले चैत २ गतेभित्र सबै ऋणपत्र बिक्री गरिसकेको हो। बिक्री नभए चैत १२ गतेसम्म बिक्री खुला राख्ने फाइनान्सको योजना भएपनि २ गतेनै सबै बिक्री भएको प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले बताए।

फाइनान्सले १२ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गरेको थियो। तुलनात्मक रुपमा उच्च ब्याज दर भएका कारण पनि चाँडै बिक्री भएको उनले बताए। फाइनान्सले २५ करोड रुपैयाँको ऋणपत्र निष्कासन गरेको थियो। कम्पनीको ऋणपत्रमा ६३ करोड रुपैयाँको आवेदन परेको थियो।

७ वर्ष अवधिको ऋणपत्रको ब्याज भुक्तानी ६/६ महिनामा हुने छ। ऋणपत्र निष्कासनको लागि बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरेको थियो।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि जारी गरेको मौद्रिक नीतिमा फाइनान्सले पनि ऋणपत्र निष्कासन गर्ने व्यवस्था गरेको थियो। संस्थाको हालको चुक्ता पुँजी ८० करोड रुपैयाँ छ। पुँजी कोष व्यवस्थापनका लागि पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले ऋणपत्र निष्कासन गर्ने क्रम बढाएका छन् ।

11060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका