समाचार
युबिएसले क्रेडिट स्विस बैक प्राप्ति गर्दा शुन्यमा झर्यो बोन्डमा लगानी गरिएको १७ अर्ब डलर

युनियन बैंक अफ स्विजरल्याण्ड, ‘युबिएस’ ले सवा ३ अर्ब अमेरिकी डलरमा क्रेडिट स्विस बैक प्राप्ति गर्ने भएको छ। यस अगाडी प्रस्ताव गरिएको एक अर्ब अमेरिकी डलर अस्विकार गरेपछि युबीएसले अर्को सवा अर्ब अमेरिकी डलर थपेर क्रेडिट स्विस किन्न तयार भएको हो। सवा ३ अर्ब अमेरिकी डलरको प्रस्ताव स्वीकार गरेसँगै १६७ बर्ष पुरानो क्रेडिट स्विस बैंक सँधैको लागि विलय हुने भएको छ।
तर यो प्राप्ति सम्झौता हुँदा बैंकको बन्डमा लगानी गरेका लगानीकर्तालाई भने हालसम्म कै धेरै घाटा भएको छ । प्राप्ति सम्झौता हुँदा बैंकको अतिरिक्त टायर १ बन्ड लाई शुन्य बनाउने सहमति भएसँगै अतिरिक्त टायर १ बन्डमा लगानी गरेकाहरुले लगानीको सम्पूर्ण रकम गुमाएका हुन्। बैंकको कोर क्यापिटललाई बढाउँनको लागि नियामक कै निर्देशनमा बैंकको अतिरिक्त टायर १ बन्ड लाई शुन्य बनाउने सहमति भएको ब्लुमबर्गले उल्लेख गरेको छ । यसबाट १७.३ अर्ब डलर बराबरको बन्डको भ्यालु शुन्यमा झरेको छ ।
ब्लुमबर्गका अनुसार अतिरिक्त टायर १ बन्डमा सबैभन्दा धेरै जोखिम हुन्छ । तर प्रतिफल पनि अन्यको तुलनामा बढी नै हुन्छ । क्रेडिट स्विस बैंकको हकमा भने बन्ड नै पुरै ‘राइट अफ’ गरिएसँगै बन्डमा लगानी गरेकाहरुले केहि पनि पाउने छैनन् ।
युरोपको अतिरिक्त टायर १ बन्डको बजार २७५ अर्ब डलर बराबरको रहेको छ। क्रेडिट स्विस बैंकको १७.३ अर्ब डलर बराबरको अतिरिक्त टायर १ बन्ड शुन्य हुनु युरोपको बन्ड मार्केटको हालसम्मकै ठूलो घाटा भएको बताईएको छ। यस अघि सन् २०१७ मा स्पेनको बैंको पपुलर एसए बैंकको १.४४ अर्ब डलर बराबरको अतिरिक्त टायर १ बन्ड ‘राइट अफ’ गरिएको थियो । त्यसपछि युरोपको तिरिक्त टायर १ बन्डको बजारको इतिहास मै क्रेडिट स्विस बैंकको राइट अफ हालसम्मकै ठूलो घाटा हो ।
यस अघि अमेरिकामा दुई वटा बैंक डुबेका थिए । ति बैंक त्यहाँका स्थानीय बैंक थिए। १६७ बर्ष अगाडी स्थापना भएको क्रेडिट स्विस बैंक भने मल्टीनेशनल बैंक हो । विश्वका महत्वपूर्ण ३० बैंकको सूचीमा यो बैंक पनि पर्ने अल जजिराले उल्लेख गरेको छ। बैंकको ५० देशमा १५० कार्यालय रहेका छन् ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































