जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेपाल बंगलादेश बैंकको हेटौंडा सिमेन्ट हाताभित्र सेवा केन्द्र

नेपाल बंगलादेश बैंकको हेटौंडा सिमेन्ट हाताभित्र सेवा केन्द्र

नेपाल बंगलादेश बैंकले मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका–९ स्थित हेटौंडा सिमेन्ट उद्योगको हाताभित्र सेवा केन्द्र सञ्चालनमा ल्याएको छ।

उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन हेटौंडा उपमहानगरपालिका–९ का वडाध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले गरेका हुन्। हेटौंडा उपमहानगरमा खोलिएको यस विस्तारित सेवाले हेटौंडा सिमेन्ट उद्योगलाई सुलभ बैंकिङ सुविधा प्रदान गर्नुका साथै उपमहानगरपालिका–९, १२, १३ तथा १४ मा वित्तीय पहुँच पुर्‍याउने बैंकको उद्देश्य रहेको छ ।  

हरेक नेपालीको एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पुर्‍याउने उद्देश्यसाथ आफ्नो सेवा केन्द्र सञ्चालनमा ल्याएको हो। बैंकले आफ्ना १०० शाखा, ९ एक्सटेन्सन काउन्टर तथा ८१ वटा एटिएमबाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ।

4835
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?