जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • किर्ते कागज बनाएर लघुवित्तको ८ करोड रुपैयाँ हिनामिना, कर्मचारी पक्राउ !

किर्ते कागज बनाएर लघुवित्तको ८ करोड रुपैयाँ हिनामिना, कर्मचारी पक्राउ !

नुवाकोटमा किर्ते कागज बनाएर लघुवित्तको रकम हिनामिना गर्ने एक जना पक्राउ परेका छन् । जिल्लाको तादी गाउँपालिका ३ स्थित आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थामा करोडौं रकम अपचलन गरेको भन्दै प्रहरीले खरानीटार शाखाका शाखा प्रबन्धक विवश पाण्डेलाई पक्राउ गरेको हो ।

पाण्डेले संस्थाको करोडौं रकम हिनामिना गरेको भन्दै संस्थाबाटै जाहेरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) खगेन्द्रबहादुर खड्काले बताएका छन् । ‘करोडौं रकम हिनामिना भएको भन्दै पाण्डेविरुद्ध संस्थाबाटै उजुरी परेको थियो । सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै डिएसपी खड्काले भने, ‘पाण्डेले लघुवित्तमा फर्जी खातावाला खडा गरी ऋण प्रवाह गरेको आरोप छ । थप अनुसन्धान गरिरहेका छौँ ।’

डिएसपी खड्काका अनुसार पक्राउ परेका पाण्डेविरुद्ध बैंकिङ कसुर अन्तर्गत अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको छ । उनीमाथी ८ करोड २२ लाख ६५ हजार ५ सय ८७ रुपैयाँ अपचलन गरेको आरोप रहेको डिएसपी खड्काले बताएका छन् ।

2175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका