जोडिनुहोस
शुक्रबार, बैशाख १२, २०८२
शुक्रबार, बैशाख १२, २०८२
  • होमपेज
  • खारेज भयो ‘ग्लोबल आइएमई समुन्नत योजना-१’

खारेज भयो ‘ग्लोबल आइएमई समुन्नत योजना-१’

ग्लोबल आइएमई क्यापीटल लिमिटेड योजना व्यवस्थापक रहेको तथा ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘ग्लोबल आइएमई समुन्नत योजना-१’ खारेज भएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेले चैत्र १० गते योजना खारेज गरेको हो।

योजनाको अवधि समाप्त भएकोले यो योजना २०७९ साल चैत्र ११ गते परिपक्व भई खारेज भएको हो। यस योजनाको अन्तिम कारोबार चैत्र ९ गते बिहिबार भएको छ । चैत्र ९ गते बिहीबारका दिन कारोबार भई कायम हुने इकाईधनीहरु मात्र योजनाको खारेजी पश्चात्को प्रतिफल प्राप्तिको लागि योग्य हुने छन्।

सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम (३१) को खण्ड (१) (क) मा भएको व्यवस्था बमोजिम योजनाको अवधि समाप्त भएमा योजना खारेजीमा लग्नुपर्ने र खारेजीमा लग्ने क्रममा सोही नियमावलीको नियम (३१) को उपनियम (६) बमोजिम खारेजीमा लग्ने व्यवस्था छ ।

“ग्लोबल आइएमई समुन्नत योजना-१” खारेजी पश्चात् सोही नियमावलीको नियम (३२) को उपनियम (३) को व्यवस्था बमोजिम योजना अर्न्तगतको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई उनीहरुको स्वामित्वको आधारमा भुक्तानी दिनुपर्ने व्यवस्था रहेकोले प्रचलित कानुनी तथा नियामकिय प्रक्रिया पुरा गरी इकाईधनीहरुलाई फिर्ता भुक्तानी गरिने क्यापिटलले जनाएको छ । यस क्रममा आवश्यकता अनुसार सार्वजनिक रुपमा पछि सूचना प्रकाशित गरी इकाईधनीहरुलाई जानकारी गराईने क्यापिटलले उल्लेख गरेको छ ।

क्यापिटलले इकाई डिम्याट नगरेको भए डिम्याट गराउन र यस अघि वितरण गरिएको लाभांश नलिएको भए बैंक खाता अध्यावधिक गरि लाभांश लिनको लागि आग्रह गरेको छ । यस योजनाले आर्थिक वर्ष ७६/७७ मा ४ प्रतिशत र ७७/७८ मा १०० प्रतिशत लाभांश दिएको थियो ।

2880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका