जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिभिल लघुवित्तद्वारा पीडित सदस्यको ऋण मिनाहा तथा बीमा दाबी रकम भुक्तानी

सिभिल लघुवित्तद्वारा पीडित सदस्यको ऋण मिनाहा तथा बीमा दाबी रकम भुक्तानी

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बंकुल रौतहटले बीमा दाबी रकम भुक्तानी गरेको छ।

रौतहटको परोहा नगरपालिका–८ नरकटीया टोलमा रहेको केन्द्र नं. १५ कि सदस्य चनचल देवीका पति लखीचन राउत कुर्मीको मृत्युपश्चात सिभिल लघुवित्तले पीडित सदस्यलाई बीमाको क्षतिपूर्ति रकम उपल्बध गराएको हो। सदस्य चनचल देवीले संस्थाबाट रु.१ लाख ५० हजार कर्जा लिएकोमा सदस्यको पतिको मृत्युपश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरी कर्जा बीमाअन्तर्गत दिइने काजकिरिया खर्चबापत रु. २५ हजार तथा तिरेको किस्ता रकम रु. ८४ हजारसमेत फिर्ता गरी जम्मा रकम रु.१ लाख ९ हजार एकमुष्ट भुक्तानी गरिएको शाखा प्रबन्धक कुन्दनप्रसाद कुशवाहाले जानकारी दिए।

संस्थाले आफना ग्राहक सदस्यको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यलाई आपतकालीन अवस्थामा सहयोग पुर्याउने उद्देश्यअनुरुप आवश्यकताअनुसार विभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ।

3135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका