

अब बीमा कम्पनीहरुले इजाजतपत्र (लाइसेन्स) नवीकरण गर्नु नपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार अब बीमा कम्पनीहरुले लाइसेन्स नवीकरण गर्नु नपर्ने व्यवस्था गरेको हो ।
प्राधिकरणका अनुसार बीमा ऐन, २०७९ मा बीमा नविकरण सम्वन्धी व्यवस्था नभएकाले अब उप्रान्त कम्पनीहरुले लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
साविक बीमा ऐन २०४९ मा हरेक वर्ष बीमा कम्पनीहरुको लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था थियो । तर, साविक बीमा ऐन २०४९ बमोजिम २०७९ चैत मसान्तसम्मको लागि नवीकरण हुन बाँकीको हकमा सो अवधीसम्मको लागि नवीकरण गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।