जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • निर्जीवन अभिकर्ता तालिम संचालन गर्दै आइजीआई प्रुडेन्सियल

निर्जीवन अभिकर्ता तालिम संचालन गर्दै आइजीआई प्रुडेन्सियल

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स निर्जीवन बीमा अभिकर्ता आधारभुत तालिम संचालन गर्ने भएको छ ।

कम्पनीले अभिकर्ताका लागि ३ दिने आधारभुत तालिम संचालन गर्न लागेको हो । कम्पनीको अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्ति वा संस्थाहरुका लागि चैत १३ गतेदेखि १६ गतेसम्म तालिम संचालन गर्ने भएको हो ।

अभिकर्ताले तालिमका लागि नेपाली नागरिकताको प्रतिलिपी (नोटरी सहित), न्युनतम एसएलसी उत्र्तीण, हालसालै खिचिएको पासपोर्ट साइजको फाटो तीन प्रति, प्यान कार्डको प्रतिलिपी पेश गर्नुपर्नेछ । तर, तालिममा सहभागि हुन भने १ हजार रुपैयाँ शुल्क लाग्ने छ ।

आवेदन चैत १२ गतेभित्र दिनुपर्नेछ । तालिममा ५० जना भन्दा बढी सहभागि समावेश गराउन नसकिने हुँदा पहिले प्राप्त आएको आवेदनलाई प्राथमिकतामा राखिने कम्पनीले जनाएको छ । तोलिममा कम्पनीको प्रधान कार्यालय, नारायणचौर नक्सालमा हुनेछ ।

515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका