जोडिनुहोस
बिहिबार, बैशाख ११, २०८२
बिहिबार, बैशाख ११, २०८२
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकद्धारा ७४ नवनियुक्त कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम प्रदान

राष्ट्रिय वाणिज्य बैंकद्धारा ७४ नवनियुक्त कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम प्रदान

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशकालागि छनौट भएका प्रशासन सेवाका नवनियुक्त सहायक ७४ जना कर्मचारीहरुलाई बुधबारबाट चौध दिने पूर्व सेवाकालिन तालिम काठमाडौंमा सञ्चालन गरिरहेको छ ।

तालिमको उद्घाटन गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले कर्मचारीले दश पाँचको जागिर मात्र नगरेर व्यवसायिक ढङ्गबाट काम गरेरमा ग्राहकहरु सन्तुष्ट भई संस्थाको उत्पादकत्व बृद्धि हुने बताए ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले नवनियुक्त कर्मचारीहरुलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराउदैं ग्राहकहरुको बैंकप्रतिको विश्वास बढ्ने गरी काम गर्नुपर्ने बताइन् ।

कार्यक्रममा उपकार्यकारी अधिकृत विमल डंगोलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त सहायक प्रशासन सेवाका ७४ जना कर्मचारीहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएका थिए ।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विनयरमण पौडेल, विभागीय प्रमुख पद्यमा लक्ष्मी जि सी, मानव संशाधन विभागका उपप्रमुख हरिवावु आचार्यलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

2715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका