जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • निफ्राका सेयरधनीलाई लाभांश पोहोरभन्दा आधा घट्यो, ४.२१ प्रतिशत नगद दिने, बोनस छैन

निफ्राका सेयरधनीलाई लाभांश पोहोरभन्दा आधा घट्यो, ४.२१ प्रतिशत नगद दिने, बोनस छैन
नेपाल पूर्वाधार विकास बैंक(निफ्रा)को लाभांश दर घटेको छ। ब‌ैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ४.२१०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।पोहोर बैंकले ८.४२ प्रतिशत लाभांश दिएको थियो। बैंकले बोनस सेयर नदिने निर्णय गरेको छ।

बैंकले ४.२१०५ प्रतिशत नगद नै दिने छ। पोहोर बैंकले ८ प्रतिशत बोनस दिएको थियो।

बैंकले कायम चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको ४.२१ प्रतिशतले हुन आउने ९० करोड ९३ लाख रुपैयाँ नगद दिने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश राष्ट्र बैंक र आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।

4375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?