जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • निफ्राका सेयरधनीलाई लाभांश पोहोरभन्दा आधा घट्यो, ४.२१ प्रतिशत नगद दिने, बोनस छैन

निफ्राका सेयरधनीलाई लाभांश पोहोरभन्दा आधा घट्यो, ४.२१ प्रतिशत नगद दिने, बोनस छैन
नेपाल पूर्वाधार विकास बैंक(निफ्रा)को लाभांश दर घटेको छ। ब‌ैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ४.२१०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।पोहोर बैंकले ८.४२ प्रतिशत लाभांश दिएको थियो। बैंकले बोनस सेयर नदिने निर्णय गरेको छ।

बैंकले ४.२१०५ प्रतिशत नगद नै दिने छ। पोहोर बैंकले ८ प्रतिशत बोनस दिएको थियो।

बैंकले कायम चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको ४.२१ प्रतिशतले हुन आउने ९० करोड ९३ लाख रुपैयाँ नगद दिने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश राष्ट्र बैंक र आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।

1240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका