जोडिनुहोस
आइतवार, पुस २७, २०८२
आइतवार, पुस २७, २०८२
  • होमपेज
  • प्राधिकरणको निर्देशनपछि प्रभु लाइफका सञ्चालक पोखरेलले दिए राजीनामा

प्राधिकरणको निर्देशनपछि प्रभु लाइफका सञ्चालक पोखरेलले दिए राजीनामा

नेपाल बीमा प्राधिकरणले बीमा ऐन, २०७९ को दफा ५० ‘ट’ मा भएको व्यवस्था कार्यान्वयन गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो । प्राधिकरणले कम्पनीहरुलाई चैत १७ गते पत्र पठाउँदै ऐनअनुसार सञ्चालकहरुको व्यवस्थापन गरी गराई १५ दिनभित्र जानकारी गराउन भनि पत्र काटेको थियो ।

सोही बमोजिम प्रभु लाइफ इन्स्योरेन्सका सञ्चालक मनिराम पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले वैशाख ३ गतेदेखि लागू हुने गरी सञ्चालक पदबाट राजीनामा पेस गरेको कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव किशोर प्रसाद लामिछानले जानकारी दिए ।

पोखरेल कम्पनीका संस्थापक सेयरधनी प्रभु बैंकबाट सञ्चालक समितिको सदस्यका रुपमा मनोनयन भई सञ्चालक बनेका थिए।
बीमा ऐनको दफा ५० को ट अनुसार सार्वजनिक पद धारण गरेको वा सरकारको स्वामित्व प्राप्त संस्था, प्राधिकरण, बोर्ड, बीमक, बैंक तथा वित्तीय संस्थाको बहालवाला कर्मचारी समेत बीमकको सञ्चालक हुन अयोग्य हुनेछन् । उक्त व्यवस्थाले सरकारि स्वामित्वमा सञ्चालित बीमा कम्पनीसहित १३ कम्पनीका सञ्चालक अयोग्य देखिएका छन् ।

3165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?