जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • जीवन बीमा कम्पनीद्धारा ३४ अर्बको नयाँ व्यवसाय विस्तार

जीवन बीमा कम्पनीद्धारा ३४ अर्बको नयाँ व्यवसाय विस्तार

जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको दश महिनामा ३४ अर्ब रुपैयाँको नयाँ जीवन बीमा व्यवसाय विस्तार गरेका छन् । कोरोना भाइरसको कारण जारी निषेधाज्ञाकाबीच जीवन बीमा कम्पनीहरुले आफ्नो नयाँ व्यवसाय विस्तार ५८ प्रतिशतले गरेका हुन् ।

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले वैशाख मसान्तसम्ममा ३४ अर्ब २ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् । गत आर्थिक वर्षको वैशाख महिनासम्ममा कम्पनीहरुले २१ अर्ब ५३ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका थिए ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै प्रथम बीमाशुल्क संकलन गर्न सफल भएको छ ।

नेपाल लाइफले यस अवधिमा ७ अर्ब ३६ करोड रुपैयाँ प्रथम बीमाशुल्क उठाएको हो । गत आवको यसै अवधिमा कम्पनीले ५ अर्ब ६४ करोड रुपेयाँको नयाँ व्यवसाय विस्तार गरेको थियो ।  यद्यपी कम्पनीको नयाँ व्यवसाय विस्तार भने १६ औं ठूलो मात्र हो ।

यस अवधिमा गुराँस लाइफले सबैभन्दा धेरै २७८ प्रतिशतले नयाँ ब्यवसाय विस्तार गरेको छ । गत आवको यसै अवधिमा ३८ करोड रुपैयाँ मात्र नयाँ ब्यवसाय विस्तार गरेको कम्पनीले हाल १ अर्ब ४४ करोड रुपैयाँ बराबरको नयाँ ब्यवसाय विस्तार गरेको छ ।

रकमका आधारमा नेपाल लाइफ लाइफपछि नेशनल लाइफ, इन्स्योरेन्स कर्पोरेशन (नेपाल) र युनियन लाइफले धेरै नयाँ व्यवसाय विस्तार गरेका छन् । नेशनलले तीन अर्ब ८ करोड र एलआईसीले तीन अर्ब ३ करोड रुपैयाँ र युनियन लाइफले दुई अर्ब ६० करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् ।

प्राइम, गुराँस, एशियन, सूर्या, मेट लाइफ, सिटिजन, आइएमई, ज्योति, रिलायबल, रिलायन्स लाइफले अर्ब भन्दा धेरैको नयाँ व्यवसाय विस्तार गरेका छन् ।

महालक्ष्मी, प्रभु, राष्ट्रिय बीमा संस्थान, सानिमा, सन नेपाल लाइफ इन्स्योरेन्सले भने अर्ब भन्दा कमको नयाँ व्यवसाय विस्तार गरेका छन् ।

7925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?