जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • माबिलुङ इनर्जीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

माबिलुङ इनर्जीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

माबिलुङ इनर्जी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ।

यो कम्पनीले १८ करोड ९० लाख ५४ हजार रुपैयाँबराबरको आईपीओ जारी गर्ने भएको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १८ लाख ९० हजार ५४० कित्ता आईपीओ बिक्री गर्नेछ।

यसैबीच माबिलुङ इनर्जीको आईपीओ बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट नियुक्त भएको छ। बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा लक्ष्मी क्यापिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र माबिलुङ इनर्जीका तर्फबाट सञ्चालक डेविन श्रेष्ठले हस्ताक्षर गरेका छन्।

माबिलुङ इनर्जीले संखुवासभा जिल्लाको चैनपुर मादी नगरपालिकामा रहेको ४ं.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला ३ जलविद्युत आयोजना निर्माणाधीन ५० प्रतिशत कार्य सम्पन्न भइसकेको छ।

3395
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका