जोडिनुहोस
बुधबार, माघ २२, २०८२
बुधबार, माघ २२, २०८२
  • होमपेज
  • सनराइज बैंकका ग्राहकले भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलमा १० प्रतिशतसम्म छुट पाउने

सनराइज बैंकका ग्राहकले भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलमा  १० प्रतिशतसम्म छुट पाउने

सनराइज बैंकले आफ्ना सम्पूर्ण ग्राहक माझ अझै उच्चस्तरीय सुबिधा दिने क्रममा भारत स्थित इन्द्रप्रस्थ अपोलो हस्पिटलसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक रविन कुमार नेपाल र हस्पिटलका तर्फबाट अन्तरर्राष्ट्रिय मार्केटिङका महाप्रबन्धक अजय भारद्वाजले आइतबार हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार अब सनराइज बैंकका सम्पूर्ण ग्राहक वर्गले आफ्नो तथा आफ्ना परिवारका सदस्यहरुको उपचारको क्रममा अपोलो हस्पिटल, भारतबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरुमा अधिकतम १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । इन्द्रप्रस्थ अपोलो हस्पिटल भारतस्थित एक प्रतिष्ठित अस्प्ताल हो । जसले विभिन्न १४० देशका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

उक्त सम्झौता अनुसार सन्राइज बैंकका सम्पुर्ण ग्राहक वर्गले सन्राइज बैंकको  डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा साधारण परिक्षण देखि भर्ना खर्च सम्ममा १० प्रतिशतसम्म छुटका साथै सम्पूर्ण मेडिकल अपोइन्ट्मेन्ट्हरुको समन्वय, विमानस्थलमा ल्याउने–पुर्याउने लगायत अन्य सेवा तथा सुविधाहरुमा अपोलो हस्पिटल अन्तर्गत भारतभरी रहेका ७३ वटै अस्पतालमा यो विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

यस योजनाले बैंकका सम्पूर्ण ग्राहक वर्गलाई लाभान्वित बनाउने आशा लिएको छ र साथै भविष्यमा थप सेवा सुविधा ग्राहक माझ ल्याउन सन्राइज बैंकले बताएको छ । भारतमा उपचारको लागि जाने आम नेपालीको लागि लक्षित गरेर सनराइज बैंकले छुटै हेल्थ केयर कार्ड पनि संचालनमा ल्याइसकेको छ ।

3310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?

पेन्सन र अवकाश कोषमध्ये एक विकल्प छान्न पाउने अन्तिम दिन असार मसान्तसम्म १४ हजार ९७१ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार असार मसान्तसम्म २ लाख ७३ हजार ७२८ कर्मचारी कोषमा आबद्ध भइसकेका छन्। TATARiddhi siddhi CementSkoda कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो। आजबाट आबद्ध हुने अनिवार्य रुपमा पेन्सन स्किममा सहभागी हुनु पर्नेछ। नभए कर्मचारीले जागिर छाड्दासम्म जम्मा भएको सम्पूर्ण रकम झिक्न पाउने थिए। अहिले सामाजिक सुरक्षा कोषको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गरिरहेका छन्। उनीहरुले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्। रेग्मीका अनुसार कोषमा ९ वटा वाणिज्य बैंक आबद्ध भए पनि ३ वटाले मात्र योगदान सुरु गरेका छन्। यसअघि लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड आबद्भ भएकोमा नेपाल एसबीआइ बैंक पनि थपिएको छ। ३ वटा विकास बैंक आबद्ध छन्। १३ वटा फाइनान्स कम्पनी आबद्ध भएकोमा ९ वटाले योगदान पनि सुरु गरिसकेका छन्। ४६ वटा लघुवित्त संस्था आबद्ध छन्। यसमध्ये १८ वटाले योगदान सुरु गरिसकेका छन्। ३४ वटा बीमा कम्पनी आबद्धमध्ये १३ वटाले योगदान सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्थाबाट कुल १०५ आबद्ध भएर ४३ वटाले योगदान सुरु गरिसकेका छन्। अधिकांश कर्पोरेट आबद्ध भइसकेका छन्। यसमा चौधरी समूह, डाबर नेपाल, युनिलिभर, केएल दुगड समूह, एफवान सफ्ट कम्पनी, एनसेललगायत छन्।