जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • नबिलले बैंकले ल्यायो लाइफ टाइम फ्री क्रेडिट कार्ड, वार्षिक तथा नवीकरण शुल्क नलाग्ने

नबिलले बैंकले ल्यायो लाइफ टाइम फ्री क्रेडिट कार्ड, वार्षिक तथा नवीकरण शुल्क नलाग्ने

नबिल बैंकले ‘नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ बजारमा ल्याएको छ। बैंकले आफ्ना ग्राहकलाई केन्द्रित गरेर नेपालमै पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड ल्याएको हो।

यस क्रेडिट कार्डका ग्राहकहरूलाई अरू कार्डमा जस्तै कुनै पनि वार्षिक शुल्क, नवीकरण शुल्क वा अन्य शुल्कहरू नलाग्ने बैंकले जनाएको छ। उक्त कार्डमार्फत ग्राहकले किनमेल गर्न, बिल तिर्न र नगद झिक्ने सबै सुविधाहरू प्राप्त गर्न सक्ने बताइएको छ।

यो कार्डले ग्राहकलाई सजिलो र सस्तो सुविधा लिन सहयोग पुग्ने बैंककी रिटेल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले बताइन्।

‘हामी हाम्रो लाइफ टाइम फ्री क्रेडिट कार्ड सुरु गर्न पाउँदा उत्साहित छौं र यो कार्डले हाम्रा ग्राहकहरूलाई पहिले भन्दा सजिलो र सस्तो सुविधा प्रदान गर्नेमा हामी विश्वस्त छौं,” उनले भनिन्।

बैंकका नयाँ र विद्यमान खाता भएका ग्राहकहरूले यो कार्डका लागि आवेदन दिन सक्नेछन्। कार्डका लागि आवेदन दिन ग्राहकहरूले बैंकको वेबसाइट वा देशभरका २५६ शाखाहरूमध्ये कुनै पनि शाखामा सम्पर्क गर्न सक्ने बताइएको छ।

यो योजना सीमित अवधिका लागि मात्र लागु हुने बैंकले जनाएको छ।

1135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका