जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • तेह्रथुमको छथरमा नबिल बैंकको उद्यमशीलता विकास तालिम

तेह्रथुमको छथरमा नबिल बैंकको उद्यमशीलता विकास तालिम

कोशी प्रदेशअन्तर्गतको तेह्रथुम जिल्लाको छथर गाउँपालिका स्थानीयलाई उद्यमशीलता विकास तालिम दिइएको छ।

राष्ट्रिय युवा परिषद्, छथर गाउँपालिका र नबिल बैंकबीच भएको त्रिपक्षीय समझदारीअनुसार एक साता लामो तालिम प्रदान गरिएको नबिल बैंकले जनाएको छ। गत वैशाख १० गतेदेखि वैशाख १६ गतेसम्म यो तालिम उपलब्ध गराइएको हो।

स्थानीय युवा, महिला, विपन्न वर्ग तथा उद्यमी बन्न इच्छुक स्थानीय व्यक्तिलाई साथ दिन यो तालिम सहयोगी हुने अपेक्षा राखिएको छ। उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्याई देशभित्रै उद्यम प्रवर्द्धन तथा रोजगारी सिर्जनाद्वारा दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्यका साथ यो तालिम दिइएको हो।

नबिल दिगो बैंकिङ अवधारणाअनुरुप सामाजिक उत्तरदायित्व बहन गर्दै नबिल बैंकले यस कार्यक्रममा आफ्नो आबद्धता जनाएको हो।

कार्यक्रममा छथर गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख लगायत नबिल बैंकका तर्फबाट कोशी क्लस्टर प्रमुख तोपप्रसाद अगस्ती र छथर शाखा प्रमुख कृष्णकुमार साहको उपस्थिति थियो। तालिममा ५७ स्थानीय उद्यमी सहभागी थिए।

नबिल बैंकका एसएमई, लघुवित्त तथा दिगो बैंकिङ प्रमुख, निरज कुमार बस्नेत डनिलले उद्यमी बन्न चाहानेका लागि उद्यमशीलतामा क्षमता वृद्धि तथा वित्तीय साक्षरताका लागि यो तालिम सहयोगी हुनुका साथै उद्यमशीलता विकास र स्वरोजगार प्रवर्द्धनमा नबिल बैंकको सधैँ साथ रहने जानकारी गराए।

1255
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका