जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • बियरको मूल्य बोतलमा १० रुपैयाँले बढ्ने

बियरको मूल्य बोतलमा १० रुपैयाँले बढ्ने

हल्का पेय पदार्थ बियरको मूल्य प्रति बोतल १० रुपैयाँले बढ्ने भएको छ। सरकारले आगामी बर्षका लागि ल्याएको बजेट अनुसार, अन्त शुल्क बढ्दा समग्र मूल्य बढ्ने भएको हो।

अहिले बियरमा प्रति लिटर २२८ रुपैयाँ अन्त:शुल्क लाग्छ। यसलाई बढाएर २३५ रुपैयाँ पुर्याइएको छ। यसो हुँदा लिटरमा सात रुपैयाँ बढेको छ।

बढेको सात रुपैयाँमा १३ प्रतिशत मूल्य अभिबृद्धि कर पनि लाग्छ। यसले गर्दा बियरको मूल्य ६५० एमएलको बोतलमा १० रुपैयाँ बढ्ने छ।

अन्त:शुल्क बढाए पनि उत्पादक भने खुसी देखिएका छन्। कमजोर आर्थिक अवस्थाका बीच सरकारले नेगेटिभ सूचीको बियरको अन्तशुल्क ब्यापक रुपमा बृद्धि गर्छ भन्ने विश्लेषण उनीहरुको थियो। तर तीन प्रतिशत मात्र बढ्दा उनीहरु खुसी भएका हुन्। चालु बर्षको बजेटमा अन्तशुल्क २० प्रतिशत बढाइएको थियो।

बढेको अन्त:शुल्क दर मंगलबारबाटै लागू हुन्छ।

3960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका