जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • १० वाणिज्य बैंक मार्फत कालोधन शाहले नेपाल भित्र्याएको खुलासा, रोक्का खाताबाट पटक/पटक रकम शाहको समूहलाई भुक्तानी दिएको भन्दै कुमारी, प्राइम, प्रभु र विओकेलाई राष्ट्र बैंकले गर्यो ५० लाखको दरले जरिवाना कारवाहीः ४ बैंकका सीइओसंग सिआईबीले सोधपुछ गर्ने ?

१० वाणिज्य बैंक मार्फत कालोधन शाहले नेपाल भित्र्याएको खुलासा, रोक्का खाताबाट पटक/पटक रकम शाहको समूहलाई भुक्तानी दिएको भन्दै कुमारी, प्राइम, प्रभु र विओकेलाई राष्ट्र बैंकले गर्यो ५० लाखको दरले जरिवाना कारवाहीः ४ बैंकका सीइओसंग सिआईबीले सोधपुछ गर्ने ?

रोक्का खाताबाट शाहलाई भुक्तानी दिने कुमारी, प्राइम, प्रभु र साविकको विओकेका सीइओसाबलाई नेपाल प्रहरीको सीआईबीले बयान लिने भएको छ भन्दा अब फरक पर्दैन । अमेरिकाबाट अवैधरुपमा नेपालका दशवटा वाणिज्य बैंक प्रयोग गरि पृथ्वी बहादुर शाहले पटक÷पटक गरी ६८ करोड पैसा नेपाल भित्र्याएको फेला परेपछि नेपाल राष्ट्र बैंकले उनी र उनीका समूहका सबै व्यक्ति र संस्थाका खाता रोक्का गरेको थियो । तर, १० वाणिज्य बैंक मध्ये कुमारी, प्राइम, प्रभु र साविकको विओकेले रोक्का खाताबाट पनि शाहलाई भुक्तानी गरेको भन्दै यी चार बैंकलाई नेपाल राष्ट्र बैंकले ५० लाखका दरले जरिवानाको कारवाही गरेको खुलेको छ ।

राष्ट्र बैंक उच्च स्रोतले पंक्तिकारसंग भन्योः– पृथ्वी बहादुर शाहको खाता राष्ट्र बैंकले रोक्का राख्न निर्देशन दिए पछि पनि केही बैंकले पैसा भुक्तानी दिएकाले ५० लाखका दरले कुमारी, प्राइम, प्रभु र साविकको विआकेलाई जरिवाना कारवाही गरेको छ नि । अर्को एक प्रश्नमा ती उच्च कर्मचारीले भनेः– हामीले कारवाही गरेका छौं अब छानवीन गर्ने पक्ष प्रहरीको हो नि । किन र कसरी भुक्तानी गरियो यो छानवीनको घेराउमा आउन जरुरी छ नि होइन र ?

नेपाली प्रहरीको सीआईबी उच्च स्रोतले पंक्तिकारलाई भन्योः– अवैद्यरुपमा पैसा नेपाल भित्र्याउने पृथ्वी बहादुर शाह र उनीको समूहका केही मान्छे पक्राउ परिसकेका छन् । हामी छानवीनकै क्रममै छौं ।

राष्ट्र बैंकको निर्देशनको उल्ङघन गर्दै प्रभु बैंकका सीइओ अशोक शेरचन, साविकको विओके बैंकका सीइओ श्रवण कुमार मास्के, कुमारी बैंकका तत्कालीन सीइओ रामचन्द्र खनाल र प्राइम कर्मशियल बैंकका सीइओ नारायणदास मानन्धरले विवादास्पद व्यापारी शाहको पैसा रोक्का खाताबाट भुक्तानी गरेसंगै नेपाल प्रहरीको सीआइबीले यी ४ वटा बैंकका सीइओलाई समेत वयान लिने तयारीमा गरेको देखिन्छ ।
नेपाली प्रहरीको सीआईबी उच्च स्रोतले पंक्तिकारलाई भन्योः– अवैद्यरुपमा पैसा नेपाल भित्र्याउने पृथ्वी बहादुर शाह र उनीको समूहका केही मान्छे पक्राउ परिसकेका छन् । हामी छानवीनकै क्रममै छौं । तपाईले भनेः– जस्तै ४ वटा बैंकबाट राष्ट्र बैंकले खाता रोक्का गर्दै किन रकम भुक्तानी भयो । यसबारेमा सम्बन्धित बैंकका सीइओहरुसंग पनि हामी सोधपुछ गर्दछौं नि ।

सर्वसधारण बैंक ग्राहकले ५ लाख निकाल्दा र १० लाख राख्दा कहाँबाट आएको किन निकाल्नु पर्ने हो कारण खुलाउनु पर्दछ तर, विदेशबाट आएको कराडौं रकम भटाभट खातामा राखी दिने यी ४ बैंकहरुमाथी जसरी राष्ट्र बैंकले ५० लाखको जरिवाना कारवाही ग¥यो ।

उनीकै शब्द सापटी लिने हो भने अब यी चार बैंकका सीइओहरुलाई सीआईबीले बयान लिने र दोषी देखिए कारवाही अगाडी बढाउने पक्का पक्की छ भन्दा फरक पर्दैन । भनिन्छ सर्वसधारण बैंक ग्राहकले ५ लाख निकाल्दा र १० लाख राख्दा कहाँबाट आएको किन निकाल्नु पर्ने हो कारण खुलाउनु पर्दछ तर, विदेशबाट आएको कराडौं रकम भटाभट खातामा राखी दिने यी ४ बैंकहरुमाथी जसरी राष्ट्र बैंकले ५० लाखको जरिवाना कारवाही ग¥यो । त्यसरी नै नेपाल प्रहरीको सीआईबीले पनि नै नेपाल प्रहरीको सीआईकीले पनि छानवीनको गहिराईमा पुग्न जरुरी देखिन्छ भन्दा फरक पर्दैन ।

डिपोजिटबाट हजार होइन लाख होइन वार्षिक करोड भन्दा बढि तलब भत्ता लिने बैंकका सीइओ साबहरुले रोक्का गरिएका खाताबाट पैसा दिनु वित्तिय अपराध हो कि होइन यसको उत्तर राष्ट्र बैंक गर्भनर महाप्रसाद अधिकारीले दिनु पर्दछ कि पर्दैन अर्थमन्त्रीज्यू ?

बैंकमा निरिह जनताको डिपोजिट छ । त्यही डिपोजिटबाट हजार होइन लाख होइन वार्षिक करोड भन्दा बढि तलब भत्ता लिने बैंकका सीइओ साबहरुले रोक्का गरिएका खाताबाट पैसा दिनु वित्तिय अपराध हो कि होइन यसको उत्तर राष्ट्र बैंक गर्भनर महाप्रसाद अधिकारीले दिनु पर्दछ कि पर्दैन अर्थमन्त्रीज्यू ? शंकास्पद पैसा ओसारपसार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका अछामका पृथ्वीबहादुर शाह, उनका निकटतम व्यक्ति र संस्थाको रोक्का रहेको बैंक खाताबाट रकम निकाल्न अनुमति दिने ४ वाणिज्य बैंकलाई राष्ट्र बैंकले कारबाही गरिएको छ ।
सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा जारी निर्देशन उल्लंघन गरेको आरोपमा कुमारी बैंक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, साविकको बैंक अफ काठमान्डू (बीओके) र नबिल बैंकलाई कारबाही गरिएको राष्ट्र बैंक उच्च स्रोतको दाबी छ ।

रोक्का खाताबाट पैसा निकाल्न दिने कुमारी, प्राइम, प्रभु र बीओकेलाई सचेतसहित प्रत्येकलाई ५० लाख रुपैयाँका दरले नगद जरिवाना गरिएको भेटिएको छ । भन्दा फरक पर्दैन । शाहले शंकास्पद रूपमा विदेशबाट पैसा ओसारपसार गरेको आशंकामा राष्ट्र बैंकले ०७७ चैत १९ मा सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएर उनी (शाह), उनका निकटतम व्यक्ति र संस्थाका सबै खाता रोक्का गर्न निर्देशन दिएको थियो ।

गत पुस ५ मा बसेको सञ्चालक समिति बैठकले ती बैंकहरूलाई कारबाही गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा राष्ट्र बैंकले गत पुस २२ मा सम्बन्धित बैंकलाई कारबाहीको पत्र दिएको भेटिएको छ । रोक्का खाताबाट पैसा निकाल्न दिने कुमारी, प्राइम, प्रभु र बीओकेलाई सचेतसहित प्रत्येकलाई ५० लाख रुपैयाँका दरले नगद जरिवाना गरिएको भेटिएको छ । भन्दा फरक पर्दैन । शाहले शंकास्पद रूपमा विदेशबाट पैसा ओसारपसार गरेको आशंकामा राष्ट्र बैंकले ०७७ चैत १९ मा सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएर उनी (शाह), उनका निकटतम व्यक्ति र संस्थाका सबै खाता रोक्का गर्न निर्देशन दिएको थियो ।

राष्ट्र बैंकको निर्देशन विपरित पैसा दिने यी चार बैंकका गर्भनर भन्दा बलिया सीइओहरु माथी किन हुन्छन छनवीन ? यसको हामीले अब शुरु गरेका छौं हेक्का होस् । भनिन्छ पूर्वअर्थमन्त्री जनार्दन शर्माको संरक्षणमा शंकास्पद रकम ओसारपसार गरेको आरोपमा शाहलाई हिरासतमा राखेर प्रहरीले कानुनी कारबाही गरिरहेको छ । यसअघि शाह करिब ६८ करोड रुपैयाँ विदेशबाट ल्याउन विभिन्न १० बैंकमार्फत कारोबार गरेको भेटिएको थियो ।

उक्त निर्देशनमा पे यू सेन्टर प्रालि, वर्ल्ड ट्राभल इन्भेस्टमेन्ट प्रालि, वर्ल्डवाइज रेमिट, वर्ल्ड फर्स्ट जब प्लेसमेन्ट प्रालि, वर्ल्ड फर्स्ट होलिडे प्रालि, यू क्यास सर्भिस प्रालि, हाहा क्यास पे प्रालि, पे सेफ रेमिट लिमिटेड, वर्ल्ड एक्सपोर्ट इम्पोर्ट प्रालि, वालमार्ट एक्सचेन्ज प्रालि, लक्ष्मण रेग्मी, पृथ्वीबहादुर शाह, देवेन्द्र ढुंगाना, विजयविक्रम शाह र वर्ल्ड एट वर्क कन्सल्टेन्सीको खाता रोक्का राख्न राष्ट्र बैंकले निर्देशन दिएको थियो । यही निर्देशन उल्लंघन गरेको आरोपमा राष्ट्र बैंकले यी ४ बैंकहरूलाई कारबाही गरेको देखिन्छ । तर, राष्ट्र बैंकको निर्देशन विपरित पैसा दिने यी चार बैंकका गर्भनर भन्दा बलिया सीइओहरु माथी किन हुन्छन छनवीन ? यसको हामीले अब शुरु गरेका छौं हेक्का होस् । भनिन्छ पूर्वअर्थमन्त्री जनार्दन शर्माको संरक्षणमा शंकास्पद रकम ओसारपसार गरेको आरोपमा शाहलाई हिरासतमा राखेर प्रहरीले कानुनी कारबाही गरिरहेको छ । यसअघि शाह करिब ६८ करोड रुपैयाँ विदेशबाट ल्याउन विभिन्न १० बैंकमार्फत कारोबार गरेको भेटिएको थियो । ठूलो रकम एकै पटक ल्याउँदा शंकामा परिन्छ भनेर रकम विकेन्द्रित गरी विभिन्न १० बैंकमार्फत रकम ल्याएको अनुसन्धानमा खुलेको सीआईबीकै दाबी छ ।

फिनसेनले राष्ट्र बैंकलाई पत्राचार गरी शाहका नाममा आएको रकम जफत गरी अमेरिका फिर्ता पठाउन पनि भनेको छ । सोही पत्रका आधारमा शाहको खाता रोक्का गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो ।

अमेरिकाको सरकारी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) ले शाहका नाममा अवैध रकम आएको जानकारी राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ (एफआईयू) लाई दिएपछि नेपालमा अनुसन्धान सुरु भएको थियो । फिनसेनले राष्ट्र बैंकलाई पत्राचार गरी शाहका नाममा आएको रकम जफत गरी अमेरिका फिर्ता पठाउन पनि भनेको छ । सोही पत्रका आधारमा शाहको खाता रोक्का गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो । थप अनुसन्धान र आवश्यक कारबाही गर्न वित्तीय जानकारी इकाइले प्रहरी, सम्पत्ति शुद्धीकरणलगायतलाई पत्र काटेको देखिन्छ । तर, खाता रोक्का भएपछि पनि शाह र उनीको समूहलाई पैसा भुक्तानी गर्ने ४ वटा बैंक माथी तत्कालै नेपाल प्रहरीको सीआईबीले पनि छानवीन गर्न जरुरी देखिन्छ । सचेत भया । (आर्थिक बजार राष्ट्रिय मासिकबाट साभार गरिएको)

 

4105
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका