जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • अर्थतन्त्रको निराशाजनक तस्बिर, आर्थिक वृद्धिदर १.८६ प्रतिशतमा सीमित

अर्थतन्त्रको निराशाजनक तस्बिर, आर्थिक वृद्धिदर १.८६ प्रतिशतमा सीमित

राष्ट्रिय तथ्यांक विभागले चालु आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धिदर १.८६ प्रतिशतमा रहने प्रक्षेपण गरेको छ। सरकारले बजेटमा ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखेको थियो।

विभागको तथ्यांकले मुलुकको अर्थव्यवस्था निराशाजनक रहेको देखाउँछ। चालु आर्थिक वर्षको सुरुवातमा बाह्य क्षेत्र दबाबमा परेपछि आयात कडाइ गरिएको थियो आयात कडाईसँगै बाह्य क्षेत्र सुधार आएपनि सार्वजनिक वित्तमा दबाब पर्‍यो।

जसका कारण राजस्व संकलनमा ठूलो गिरावट आउनुका साथै विकास खर्चमा समेत दबाब पर्‍यो।

त्यही कारण मुलुकको आर्थिक वृद्धिदर १.८६ प्रतिशतमा सीमित हुन पुगेको हो। विभागले आधारभूत मूल्यमा आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ।

नेपालको अर्थतन्त्रको आकार उपभोक्ता मूल्यका आधारमा ५३ खर्ब ८१ अर्ब रुपैयाँ पुग्ने विभागले अनुमान गरेको छ। विभागले आधारभूत मूल्यका आधारमा कुल गाहर्स्थ उत्पादन(जीडीपी) ४६ खर्ब ९६ अर्ब ४९ करोड रुपैयाँ पुग्ने अनुमान गरेको छ।

3030
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?