जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • नबिल बैंक एसियाली विकास बैंकको ‘नेपालमा लिडिङ पार्टनर बैंक २०२१’ अवार्डबाट सम्मानित

नबिल बैंक एसियाली विकास बैंकको ‘नेपालमा लिडिङ पार्टनर बैंक २०२१’ अवार्डबाट सम्मानित

 नबिल बैंक लगातार दोस्रो पटक एशियाली विकास बैंकको ‘नेपालमा लिडिङ पार्टनर बैंक २०२१’ अवार्डबाट सम्मानित भएको छ। 

बैंकले २०२१ का लागि एशियाली विकास बैंक– ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामद्वारा नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको हो। सोही अवार्ड नबिल बैंकले गतवर्ष पनि प्राप्त गरेको थियो। 

एशियाली विकास बैंकको व्यापार बित्तको बजारलाई उत्थान गर्दै व्यापारलाई हौशला दिने उदेश्यका साथ बैंकहरुलाई जमानी र ऋण प्रदान गर्दछ। ट्रेड फाइनान्स प्रोग्रामले जमानी र ऋण मार्फत बजारमा रहेका कठिनाईहरु अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त पार्दछ। 

एशियाली विकास बैंक– ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम घोषणाअनुसार नबिल बैंकले १ जुलाई २०२० देखि ३० जून २०२१ सम्म नेपालमा टीएससीएफपीसँग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो। 

7685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार