जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सिटिजन लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, तेस्रो त्रैमासमा वृद्धि २.६० प्रतिशत

सिटिजन लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, तेस्रो त्रैमासमा वृद्धि २.६० प्रतिशत

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो मसान्तसम्म नाफा २.६० प्रतिशतले वृद्धि भएको छ। सार्वजनिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासमा १५ करोड नाफा कमाएको हो।

गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले १४ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। गत वर्षको तुलनामा कम्पनीको नाफा २.६० प्रतिशतले बढेको हो।

तेस्रो त्रैमासम्म कम्पनीको बीमाशुल्क ३.७० प्रतिशतले वृद्धि भएको छ।३ अर्ब ७२ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। गत वर्ष सोही अवधिमा ३ अर्ब ५९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो।

कम्पनीले १ अर्ब १३ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष ८१ करोड रुपैयाँको दाबी भुक्तानी गरेको थियो।
लगानी, कर्जा तथा अन्यबाट ६ करोड १२ रुपैयाँ आय गरेको छ। बीमालेख धितोमा राखेर कर्जाबाट ३ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्म अभिकर्ता कमिसनमा ४९ करोड रुपैयाँ खर्च गरेको छ। जुन गत वर्षको भन्दा कम हो। गत वर्ष ६० करोड रुपैयाँ अभिकर्ता कमिसनमा खर्च भएको थियो। कम्पनीले व्यवस्थापनमा ४ करोड खर्चिएको छ।

चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब २८ करोड रुपैयाँ सञ्चित छ। जीवन बीमा कोषमा ८ अर्ब ४७ करोड र महाविपत्ति कोषमा १४ करोड रुपैयाँ जम्मा छ।

930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका