जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • क्रेष्टमा प्रताप श्रेष्ठ र प्रोटेक्टिभमा नरेश रोक्कालाई सिइओ बनाउन प्राधिकरणले दियो स्वीकृति

क्रेष्टमा प्रताप श्रेष्ठ र प्रोटेक्टिभमा नरेश रोक्कालाई सिइओ बनाउन प्राधिकरणले दियो स्वीकृति

नेपाल बीमा प्राधिकरणले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीमा प्रताव श्रेष्ठ र प्रोटेक्टिभ माइक्रोइन्स्योरेन्स कम्पनीमा नरेश रोक्कालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न स्वीकृति प्रदान गरेको छ ।

क्रेष्ट माइक्रोलाइफले नियुक्त गर्न लागेका श्रेष्ठ नेशनल लाइफका डिसिइओ थिए । क्रेष्टको सिइओ बन्न उनले नेशनल लाइफको डिसिइओ पदबाट राजिनामा दिएका हुन् । नेशनल लाइफमै ३३ वर्ष भन्दा लामो समय काम गरेका श्रेष्ठले क्रेष्टको सिइओ बन्ने निर्णय गरेका थिए । क्रेष्टको केन्द्रिय कार्यालय विरेन्द्र नगरमा रहनेछ । यसले लघु जीवन बीमा व्यवसाय गर्न पाउनेछ ।

कृषि बिकास बैकबाट ३० बर्षको बैकिंग अनुभव लिएर उप-महाप्रबन्धक पदबाट सेवा निबृत्त भएका रोका प्रोटेक्टिभको सिईओमा नियुक्त हुने भएका छन् । प्राधिकरणले स्वीकृति दिए सँगै कम्पनीले उनलाई अवको चार वर्षका लागि कार्यभार सुम्पिन पाउने भएको छ । धनगढीमा केन्द्रिय कार्यालय रहने प्रोटेक्टिभले निर्जीवन बीमा व्यवसाय गर्न पाउनेछ । बैंकिङ क्षेत्रमा लामो समय काम गरेका रोक्काका लागि बीमा क्षेत्र नौलो हुनेछ ।

2065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका