जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकका ग्राहकलाई दृश्य लाउन्जमा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई दृश्य लाउन्जमा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकले नयाँ बानेश्वरमा रहेको दृश्य लाउन्जमा विशेष छुट सुविधा पाउने भएका छन् । भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन दृश्य लाउन्जसँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको बैंकले जनाएको छ ।

सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले दृश्य लाउन्जमा फुड एन्ड बेभरेजमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसनिबाटबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसैगरी बैंकले प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ जस्ता सेवा बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै लिन सकिने व्यवस्था गरेको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

3495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका