जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • भूकम्प पीडितलाई राष्ट्रपतिको आश्वासन- ‘चिन्ता गर्नुपर्दैन,म सरकारलाई भन्छु’

भूकम्प पीडितलाई राष्ट्रपतिको आश्वासन- ‘चिन्ता गर्नुपर्दैन,म सरकारलाई भन्छु’

राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावितलाई जतिसक्दो चाँडा राहत सामग्री उपलब्ध गराउन सरकारसँग आफूले कुरा राख्ने बताएका छन् ।

मंगलबार जाजरकोटका भूकम्प प्रभावितहरुसँग कुरा गर्दै उनले आवश्यक बसोबास, खाद्यान्नलगायत सबै कुराको प्रबन्ध हुँदै जाने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताए ।

उनले भने, ‘तपाईंहरूका लागि अल्पकालीन र दीर्घकालीन आवश्यता पहिचान गरेर आवश्यक व्यवस्था हुन्छ । चिन्ता गर्नु पर्दैन । म सरकारसँग कुरा गर्छु ।’उनले स्थायी आवास बनाउँदा दीर्घकालीन रुपमा उपयुक्त ठाउँको पहिचान गर्नुपर्ने पनि राष्ट्रपति पौडेलको भनाइ छ ।

उनले स्थानीय जनप्रतिनिधिलाई लोकतन्त्रमा जिम्मेवार सरकार कस्तो हुन्छ भन्ने अनुभूति हुने गरी भूकम्प पीडितका लागि काम गर्न आग्रहसमेत गरेका छन् ।

राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका थिए । घाइतेहरूले उपचार, खाद्यान्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग पीडितहरुले आग्रह गरेका छन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले सदरमुकाम खलंगा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठबिसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाबारे जानकारी लिएका छन्।

भूकम्पपछिको अवस्था अनुकूल नभएको भन्दै राष्ट्रपति पौडेलले कात्तिक २२ गतेदेखि तय भएको आफ्नो यूरोप भ्रमण स्थगित गरेका थिए।

690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?