जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • डेपुटी गभर्नर शिवराज श्रेष्ठ दोषी ठहर

समाचार

डेपुटी गभर्नर शिवराज श्रेष्ठ दोषी ठहर

छानबिन समितिले बुझायो ३० पृष्ठ लामो प्रतिवेदन

डेपुटी गभर्नर शिवराज श्रेष्ठ दोषी ठहर

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न गठन भएको समितिले आफ्नो प्रतिवेदन राष्ट्र बैंकको संचालक समितिमा बुझाएको छ ।

राष्ट्र बैंकका संचालक श्रीराम पौडेलको संयोजकत्वमा गठन भएको छानबिन समितिमा संचालक रामजी रेग्मी सुबोधलाल कर्ण सदस्य थिए ।

छानबिन समितिले संचालक समितिलाई ३० पृष्ठ लामो प्रतिवेदन बुझाएको छ । सोसँगै ५२ पृष्ठ अनुसन्धान सम्बन्धी अन्य कागजपत्र समेत बुझाएको छ ।

समितिले डेपुटी गभर्नर शिवराज श्रेष्ठ माथि लगाएका केही गम्भिर आरोप भने पुष्टि भएको र केहीको कागजपत्र नभेटिएको, केही आरोप पुष्टि हुने आधार नभेटिएको उल्लेख गरेको छ ।

उनीमाथि लगाइएको सम्पत्ति शुद्धिकरणमा सहयोग गरेको र वित्तीय प्रणालीमा असर पार्ने निर्णय भने पुष्टी भएको छानबिन समितिका एक सदस्यले बताए ।

श्रेष्ठले तत्कालिन तत्कालिन एपेक्स डेभलपमेन्ट बैंक फाइल लुकाएको र एनसेललाई लाभांश लैजान स्वीकृती दिदा अधिकारको दुरुपयोग गरेको भेटिएको छानबिन समितिका एक सदस्यले बताए ।

त्यसैगरी, तत्कालीन ग्राण्ड बैंककाे २ अर्बको फाइल श्रेष्ठले २ वर्ष ७ महिना लुकाएको अाधार भेटिएको प्रतिवेदनमा उल्लेख छ !

यस्तै श्रेष्ठले तीनचारवटा देशमा भ्रमणमा गएर दोहोरो सुविधा लिएको भेटिएको समितिको प्रतिवेदनमा उल्लेख छ । स्पेनको भिभिएलपि बैंकमा अफिसर लेभलको कर्मचारीलाई बोलाएको कार्यक्रममा श्रेष्ठले आउदै नआएको निम्तामा आफु गएको पुष्टी भएको छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले लगाएको आरोपमा विभागले नै थप अनुसन्धान गनुपर्ने सुझाव समितिले दिएको छ ।
संचालक समितिमा पेश भएको प्रतिवेदन शिल गरेर अर्थमन्त्रालयमा बुझाउने संचालक समितिले निर्णय गरेेे छ । छानविन समितिका सदस््यसमेत रहेका सन्चालक रामजी रेग्मीलाई

बैंकहरुको सुपरिवेक्षणमा केही कैफियत देखिएपनि त्यसमा प्रक्रियागत ढिलाई र मानविय त्रुटी भेटिएको छ, नियत खराब गर्ने देखिएको छैन,’ छानबिन गर्ने समितिका एक सदष्यले भने ।

ति सदस्यले समितिले अनुसन्धानसँग सम्बन्धित कागज प्रतिवेदनसँगै बुझाएको बताए ।

प्रतिवेदन प्राप्त भएपछि राष्ट्र बैंकको संचालक समितिको बैठक मंगलबार बेलुका बसेको छ । ५ बजेट सुरु भएर ८ बजे सकिएको बैठकले प्रतिवेदनलाई अर्थमन्त्रालयमा जस्ताको तस्तै पेश गर्ने निर्णय गरेको छ । राष्ट्र बैंकले भोलि(बुधबार) प्रतिवेदन अर्थमन्त्रालयमा बुझाउने छ । छानविन समितिका सदस्य समेत रहेका संचालक रामजी रेग्मीलाई सिल जिम्मा लगाइएको छ !

छानबिन समितिका सदस्यका अनुसार सरकारले लगाएको आरोप केही पुष्टी भएको हुँदा श्रेष्ठमाथि बर्खास्त गर्ने अधिकार सरकारको भएको बताए ।

‘श्रेष्ठलाई बर्खास्त गर्ने नगर्ने सरकारको अधिकारको कुरा हो, हामीले प्रतिवेदन बुझाएका छौ, श्रेष्ठसँगै अरुमाथि पनि छानबिन सरकारले गर्न सक्छ,’एक सदस्यले भने ।

4410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका