जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • नबिल बैंकले आकर्षक सुविधासहित ल्यायो ‘नबिल ढुक्क बचत खाता’, बीमादेखि अरु छन् यस्ता सुविधा

नबिल बैंकले आकर्षक सुविधासहित ल्यायो ‘नबिल ढुक्क बचत खाता’, बीमादेखि अरु छन् यस्ता सुविधा

नबिल बैंकले आकर्षक सुविधासहित नबिल ढुक्क बचत खाता ल्याएको छ। उच्चतम ब्याजदर र तीनवटा बीमा सुविधासहित यो बचत खाता ल्याइएको बैंकले जनाएको छ।

यस खातामा आबद्ध हुने ग्राहकले औषधोपचार बीमाबापत एक लाख रुपैयाँ, दुर्घटना बीमाबापत १० लाख रुपैयाँ र प्राणघातक रोग बीमाबापत ३ लाख ७५ हजार रुपैयाँ दाबी गर्न पाउने छन्।

त्यसैगरी यस खातामा निःशुल्क डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ, डिम्याट तथा मेरो सेयरको सुविधा पाउन सकिने बैंकले जनाएको छ। महिनामा ५ पटकसम्म अरू बैंकका एटीएमबाट पनि निःशुल्क पैसा झिक्न पाइने सुविधा यो खातामा छ।

नबिल फोन लोनको सुविधा पनि यस खाताको विशेषता रहेको बैंकले जनाएको छ। साथै लकरको सुविधा पनि रहेको यो खातामा लकर पहिलो वर्ष निःशुल्क रहने छ भने दोस्रो वर्षबाट ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ।

७.४० प्रतिशतको उच्च ब्याजदर समेत रहेको नबिल ढुक्क बचत खाता खोल्नका लागी ग्राहकले न्यूनतम एक लाख रुपैयाँ अनिवार्य जम्मा गर्नुपर्ने बैंकले जनाएको छ।

4185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका