जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • प्रभु लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर जारी, बीमितले प्रतिहजार ७० रुपैयाँसम्म पाउने

प्रभु लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर जारी, बीमितले प्रतिहजार ७० रुपैयाँसम्म पाउने

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनस दर जारी गरेको छ। आफ्नो बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट वैशाख २१ गते स्वीकृत भएपछि कम्पनीले बीमितलाई दिने नयाँ बोनस दर निर्धारण गरेको हो।

कम्पनीले आर्थिक वर्ष २०७८ को असार मसान्तसम्म जारी भएको नाफाबाट सरिक हुने जीवन बीमालेखहरुमा २०७७/७८ का लागि नयाँ बोनस दर तोकेको छ।

नयाँ दर अनुसार बीमितले प्रतिहजार २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म पाउने भएका छन्। गत वर्ष कम्पनीले प्रतिहजार ३३ रुपैयाँदेखि ७० रुपैयाँ बोनस दर तोकेको थियो।

सावधिक बीमा योजनामा ९ वर्ष अवधिसम्मका लागि ३३ रुपैयाँ तोकिएको छ। १० देखि १४ वर्ष अवधिका लागि ३३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ५१ रुपैयाँ र २५ वर्षभन्दा माथिका लागि ७० रुपैयाँ बोनस दर तोकिएको छ।

सावधिक तथा आजीवन बीमा योजनामा ९ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ५१ र २५ वर्षभन्दा माथि अवधिका लागि ७० रुपैयाँ बोनस छ।

अग्रिम भुक्तानी सावधिकअन्तर्गत १० देखि १४ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँँ र २० देखि २४ वर्ष अवधिका लागि बीमितले ५१ रुपैयाँ पाउने भएका छन्।

अग्रिम भुक्तानी सावधिक (समुन्नति)योजनामा ९ वर्षसम्म, १०-१४ र १५ देखि १९ वर्षसम्मका लागि २०/२० रुपैयाँ, १५ देखि १९ वर्षका लगि २२ र २० देखि २४ वर्षसम्मका लागि २४ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।

1120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका