जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कोरोना भाइरसबीच नेपाल ट्रष्टको कार्यालयले दुई विकास बैंक सहित दर्जनौ वित्तिय संस्थाको उठीबास गर्दै

कोरोना भाइरसबीच नेपाल ट्रष्टको कार्यालयले दुई विकास बैंक सहित दर्जनौ वित्तिय संस्थाको उठीबास गर्दै

नेपाल अहिले अदृश्य शक्तिबाट आएको कोरोना भाइरसबाट २२ जनाले ज्यान गुमाएका छन् । भने करिब ९ हजार नेपाली कोरोना भाईरसबाट अस्पतालका शैयाबाटै लडिरहेका छन् । यस्तै सम्वेदनशील अवस्थामा राज्यको निकाय नेपाल ट्रस्ट कार्यालयले एक सूचना नै प्रकाशन गरि काठमाडौं प्लाजाको भवन खाली गर्न भनेको छ ।

पूर्व राजपरिवारको स्वामित्वमा रहेको यो भवन सरकारले राज परिवारका सदस्यहरुको हत्यापछि र गणतन्त्र स्थापनासंगै नेपाल ट्रस्ट कार्यालयको नाममा राखिएको थियो ।

काठमाडौं प्लाजामा मुक्तिनाथ विकास बैंक, ज्योति विकास बैंक लगायत संस्थाका मुख्य कार्यालय छ । नेपाल ट्रस्ट कार्यालयको भवन खाली गर्ने सार्वजनिक सूचना प्रकाश गरेसंगै अब यी दर्जनौ संस्थाहरुले आ–आफ्ना कार्यालय कोरोना भाइरसबीच नै खोज्नु पर्ने बाध्यता देखिन्छ ।

कमलादीस्थित काठमाडौँ प्लाजामा रहेको मुक्तिनाथ बिकास बैंकसहित दर्जनौं कर्पोरेट संस्थाहरु अहिले संकटमा पर्ने भएका छन् । नेपाल ट्रष्टको कार्यालयले कमलादी काडमाडौं स्थित काठमाडौँ प्लाजा भवन खाली गर्न दबाव दिएपछि ती संस्थाहरु संकटमा परेका हुन् ।

उक्त भवनमा मुक्तिनाथ विकास बैंकको प्रधान कार्यालय, वेस्र्टन युनियन मनि ट्रान्सफरको कार्यालय, सिद्धार्थ इन्स्योरेन्सको कार्यालय लगायत दर्जन बढी वित्तीय संस्थाका कार्यालयहरु छन् ।

ट्रष्टले प्रकाशित गरेको सूचनामा सम्झौताको म्याद सकिएको उल्लेख गरिएको छ । नेपाल ट्रष्टको कार्यालय र कन्सेप्ट डेभलपर्स प्रालिबीच २०६६ पौष २३ गते भएको अद्यावधिक सम्झौता अनुसार दुई कम्पनीबीचको सम्झौता २०७७ असार २ गते समाप्त भएको हो ।

सम्झौता समाप्त भएपछि तत्काल भवन खाली गर्न सार्वजनिक सूचना निकालिएको हो । यदी अव अन्यथा नभएमा सो भवनमा रहेका दर्जनौं बैंक तथा वित्तीय संस्थाहरु, इन्स्योरेन्स कम्पनीका शाखाहरु, मर्चेन्ट बैंकर्सका कार्यालयहरु पनि संकटमा पर्ने भएका छन् । कोरोना महामारीका कारण एकातर्फ नयाँ भवनमा स्थानान्तरण गर्न सजिलो छैन भने अर्कोतर्फ यसमा ठुलो खर्चसमेत हुने प्रस्टै छ ।

नेपाल ट्रष्टको कार्यालयको स्वामित्वमा रहेको काठमाडौँ महानगरपालिका वडा न. ३१ कमलादी स्थित कित्ता न. २२३५ मा बनेको सो भवनले ५ रोपनी २ दाम जमिन ओगटेको छ । केहि समय अगाडी सोहि भवनमा कोरोना संक्रमितसमेत भेटिएका थिए ।

सिद्धार्थ इन्स्योरेन्समा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण भेटिएको थियो । यस्तै महामारी बीच एउटा सम्बेदनशीलतालाई ख्याल नै नगरी नेपाल ट्रस्टको कार्यालयले भवन खाली गर्न सूचना नै प्रकाशन गर्नु कति उचित होला । यस्तो बेला बच्ने र बचाउने काम गर्ने बेला हो तर रातारात लखेट्ने काम किन भइरहेको छ ।

13200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?