जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नयाँ स्टक एक्सचेन्जको लाइसेन्स तत्कालै दिन भन्दै लगानीकर्ताले प्रधानमन्त्री प्रचण्ड भेटे

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स तत्कालै दिन भन्दै लगानीकर्ताले प्रधानमन्त्री प्रचण्ड भेटे

लगानीकर्ताहरुले नयाँ स्टक एक्चन्जको लाइसेन्स दिने काममा ढिला नगर्न आग्रह गरेका छन्। लगानीकर्ताहरुले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गर्दै नयाँ स्टक एक्सचेन्ज तथा नयाँ ब्रोकर लाइसेन्स सम्बन्धि काम जतिसक्दो चाँडो सक्न आग्रह गरेका हुन्।

यस्तै गरि उनीहरुले १२ करोडको सेयर कर्जाको सीमा फिर्ता गर्न, कर्जा जोखिम भारलाई १०० प्रतिशतमा झार्न र लगानीकर्तालाई दुई भागमा विभाजन गरेर पुँजीगत लाभकर लिन पनि आग्रह गरेका छन्।

उनीहरुले अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पुँजीगत लाभकर लगाउने व्यवस्था अनुरोध गरेका छन्।

व्याजदरका कारण लगानीकर्ता निरुत्साहित भएको भन्दै पुनरावलोकन गरी एकल अंकमा झार्नु पर्ने उनीहरुको माग छ ।

4070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका