जोडिनुहोस
बिहिबार, साउन ७, २०८३
बिहिबार, साउन ७, २०८३
  • होमपेज
  • अष्ट सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दायर

अष्ट सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दायर

अष्ट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दायर भएको छ । काठमाडौँ प्रहरीले सरकारी वकिलमार्फत ३ करोड ३२ लाख ठगी गरेको आरोपसहित जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको हो ।

सहकारी संस्थाका सञ्चालक समितिका अध्यक्ष अनिल खड्का, उपाध्यक्ष बिजय खड्का, सचिव जिवन बुढाथोकी, कोषाध्यक्ष कुम्भराज जोशी, सदस्य प्रकाश खड्का, शुसिल बिक्रम राणा, शुसिल बोहरा, लेखा समिति सदस्य सुवास बुढाथोकी, बबिता खड्का र संयोजक गोबिन्द बुढाथोकीलाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको हो ।

६४ जना बचतकर्ताले आफूहरुको बचत रकम ठगी गरेको भन्दै उजुरी दिएका थिए ।

काठमाडौँको धर्मपथमा कार्यालय रहेको अष्ट सहकारीले ३ करोड ३२ लाख ९५ हजार ५३९ रुपैयाँ ठगी गरेको अभियोग पत्रमा उल्लेख छ ।

4000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?