जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • नेपाल लाइफ इन्स्योरेन्सद्वारा ६४ लाख २५ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी

नेपाल लाइफ इन्स्योरेन्सद्वारा ६४ लाख २५ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६४ लाख २५ हजार रुपैयाँको दावी भुक्तानी गरेको छ ।

टीकापुर न.पा ०१, कैलाली घर भएका बीमित नर बहादुर साउदको वैशाख १६ गते क्यान्सरका कारण असामायिक निधन भएको थियो । टीकापुरमा आयोजित एक कार्यक्रम बीच यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ६४ लाख २५ हजार रुपैयाँको चेक मृतकले इच्छाइएको व्यक्ति ज्ञानु देवी साउद (श्रीमती) लाई हस्तान्तरण गरेका हुन् ।

आफ्नो जीवनकालमा स्व : नर बहादुर साउदले कम्पनीको टीकापुर शाखा कार्यालयबाट २०७५ भदौ १३ गते .५० लाख बीमाङ्क भएको जीवन बीमा योजना लिएका थिए । बीमाङ्क बापतको रकम अन्तर्गत ५० लाख रुपैयाँ र बोनस बापत १४ लाख २५ हजार इच्छाइएको व्यक्ति (श्रीमती) लाई प्रदान गरिएको छ ।

कागजात प्राप्त भएको पाँच दिन भित्रनै कम्पनीले भुक्तानी गरेको हो । दावी प्रक्रियालाई चुस्त दुरुस्त, छिटोछरितो बनाउन कम्पनीले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आएको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए ।

3790
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका