जोडिनुहोस
सोमवार, माघ २८, २०८१
सोमवार, माघ २८, २०८१
  • होमपेज
  • खराब कर्जाका कारण बैंकहरुमा समस्या देखियोः देवेन्द्र रमण खनाल

खराब कर्जाका कारण बैंकहरुमा समस्या देखियोः देवेन्द्र रमण खनाल

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र रमण खनालले पछिल्लो समय बैंकहरुमा देखिएको खराब कर्जाका कारण समस्या देखिएको बताएका छन् । बैंकको ६० औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दे खनालले सो कुरा बताएका हुन् । विश्व अर्थतन्त्रमा केही शिथिलता देखिएको वर्तमान परिवेशमा नेपालको अर्थतन्त्रमा भने केही सुधारका संकेतहरू देखिन थालेको उनको भनाइ छ ।

वैदेशिक विप्रेषणको आप्रवाहमा आएको सुधारसँगै बैंकिङ क्षेत्रमा बढेको तरलताका कारण घटेको ब्याजदरले गर्दा समग्र व्यवसाय जगतले केही राहत महसुस गरेको उनले बताए ।

राजस्व असुलीमा क्रमशः आएको सुधार र सरकारी श्रोत परिचालनमा देखिएको सकारात्मक संकेत साथै बजारको आपत्ति प्रणालीमा ल्याइएको प्रभावकारिता, अनुगमन प्रणालीको प्रभावकारिता, सार्वजनिक विज्ञ एवं मौद्रिक नीतिले अवलम्बन गरेका औजारहरूको प्रयोगबाट अर्थतन्त्रको सुधारलाई सहयोग पुगेको खनालले बताए ।


अर्थतन्त्रको उत्थानका लागि नेपाल सरकारले अगाडी बढाएका नीतिगत सुधारका प्रयासहरूले पनि समग्र अर्थतन्त्रमा सकारात्मक आशा सञ्चार गराएको उनले बताए ।

120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?