जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मेटलाइफ नेपालद्वारा ग्रामीण महिला उत्थान केन्द्रलाई सहयोग

मेटलाइफ नेपालद्वारा ग्रामीण महिला उत्थान केन्द्रलाई सहयोग

मेटलाइफ नेपाल र ग्रामीण महिला उत्थान केन्द्र संयुक्त रूपमा मध्यपश्चिम नेपालको दाङ जिल्लाका प्रभावित क्षेत्रहरुमा सिकलसेल एनिमियाको फैलावट न्यूनीकरण गर्न सहयोग गर्न सहमत भएका छन् ।

उक्त सम्झौता अन्तर्गत कम्पनीले प्रभावित क्षेत्रका नेता, स्वयंसेवक र सम्बन्धित सरोकारवालाहरूसँग विशेष गरी सचेतना कार्यक्रम सञ्चालन गर्न केन्द्रलाई सहयोग गर्नेछ । यी कार्यक्रमहरूले रोग, यसको प्रभाव र लक्षणहरूबारे जनचेतना जगाउने उद्देश्य राखेका छन् । सम्भावित वाहकहरू पहिचान गर्न र सही उपचार सुरु गर्न मद्दतको लागि समुदायका मानिसहरूलाई रगत परीक्षण गर्न पनि प्रोत्साहन गरिने जनाएको छ ।

मेटलाइफ नेपालले प्रभावित क्षेत्रका मानिसहरूलाई सकारात्मक रूपमा बाँच्न मद्दत गर्न, थप जोखिमहरू न्यूनीकरण गर्न र रोगसँग सम्बन्धित सामाजिक अन्धविश्वास र भेदभाव उन्मूलन गर्न केन्द्रलाई रोगको स्क्रीनिंग, उपचार र प्रभावकारी परामर्शमा पनि सहयोग गर्ने जनाईएको छ ।

उक्त सहायताले थारु समुदायलाई सिकलसेल एनिमियाका बिरामीहरूले सामना गर्ने चुनौतीहरूसँग लड्न थप तयार हुने विश्वास पनि लिएको कम्पनीले जनाएको छ । समयमै सचेतना, रोग जाँच, र उपचारको पहुँचले समुदायको भविष्यका जोखिमहरूलाई न्यूनीकरण गर्न र उनीहरूलाई स्थिरता र आशाका साथ विश्वस्त भविष्य बाँच्न प्रोत्साहित गर्नेछ ।

दाङ र आसपासका क्षेत्रमा व्याप्त रोग मध्येको एक सिकलसेल एनिमियाले सम्पूर्ण मानव शरीरमा अक्सिजन पुर्याउने रातो रक्त कोशिकाको आकार नै परिवर्तन गर्छ । तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायमा यो रोगको उच्च प्रकोप देखिएको छ । शरीर दुख्ने, विभिन्न संक्रमणहरु हुने, कडा थकानको महसुस र रक्तअल्पता हुने लक्षण देखिएको छ ।

यस रोगबाट संक्रमित व्यक्तिहरूले आफ्नो दैनिक जीवनमा कुनै पनि प्रकारको शारीरिक काम गर्न कठिनाइ महसुस गर्छन् र समुदायमा सामाजिक र आर्थिक विपत्तिको शिकार हुने गर्छन् ।

980
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका